–आरडी कुलुङ
कुनै बिपत्ति नआए, देशको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) अर्थात नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशन २०७१ असार १९ देखि २५ सम्म काठमाडौंमा आयोजना हुनेछ । देशको एक मुख्य दलको महाधिवेशनप्रति सबैको सरोकार रहनु स्वभाविक हो । वर्तमान सत्ता साझेदार र भोलिको सम्भावित नेतृत्वकर्ता पार्टीले राष्ट्रिय महाधिवेशनबाट पारित गर्ने नीति, सिद्धान्त एवं योजनाले देशको शासन, प्रशासन र पद्धतिमा प्रभाव पार्दछ । एउटा कम्युनिष्ट पार्टीले समाजको आर्थिक, सामाजिक र साँस्कृतिक चरित्रको ठोस विश्लेषणद्धारा रुपान्तरणको कार्यक्रम तर्जुमा गर्ने महाधिवेशनबाटै हो ।
नेकपा (एमाले)का निम्ति आसन्न नवौं महाधिवेशन, देशको अवस्थाको सही विश्लेषण गरेर रुपान्तरणको खाका कोर्ने र त्यसलाई कार्यन्वयनमा उतार्न सक्ने नेतृत्वको चयन गर्ने अवसर हो । आफ्नो पार्टीको सरकार बन्दा वा सरकारमा रहँदा कस्तो सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक र पर्यावरणीय नीति अवलम्वन गर्ने भन्ने विषयलाई महाधिवेशनले वस्तुवादी ढंगबाट निक्र्यौल गर्न सक्नुपर्छ । महाधिवेशनले तय गर्ने नीति, सिद्धान्त र कार्यक्रमको कार्यभार वहन गर्ने नेतृत्वले नै जनतामा पार्टीलाई स्थापित गराउने हो । त्यस्तो हुन सकेन भने महाधिवेशनको सार्थकता रहन सक्दैन ।
स्थापनाको ६५ वर्षसम्म कम्युनिष्टहरुले नेपाललाई ‘अर्ध सामन्ती र अर्ध औपनिवेशिक’ भन्दै आए । साम्यवादी क्रान्तिको सपना देखेर स्थापना भएको पार्टीहरुले ‘बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता’ हाँसिलको सिद्धान्त अङ्गाली सक्दासमेत पुरानो विश्लेषणलाई वैचारिक विवादले परिवर्तन गर्न सकेका थिएनन् । लामो बहसपछि एमाले, नेपाल ‘अर्ध सामन्ती र अर्ध औपनिवेशिक’ राष्ट्र नभइ ‘पूँजीवादी’ युगमा प्रवेश गरेको सार्वभौम राष्ट्र भएको निष्कर्षमा पुगेको छ । एउटा सार्वभौम देशलाई ‘अर्ध औपनिवेशिक’ भन्न नहुने पनि उस्को ठहर छ । एमालेले २०६२÷०६३ को शान्तिपूर्ण जनआन्दोलनलाई ‘पूँजीवादी जनक्रान्ति’ र २०६५ जेष्ठ १५ को संविधानसभा बैठकद्धारा ‘गणतन्त्र’ कार्यन्वयनलाई सामन्तवादको मुलजरा उखेलिएको मानेको छ ।
यसको मतलव एमाले विगत ६० वर्षमा पटक पटक भएका राजनीतिक परिवर्तन र क्रान्तिको चरण सम्पन्न भएकाले आर्थिक तथा साँस्कृतिक परिवर्तनमा लाग्नु पर्ने निष्कर्षमा पुग्नु हो । लामो समय देश राजनीतिक क्रान्तिमा अल्झेकाले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन नसकेको धेरैको मत छ । वास्तवमा एमाले जस्तो देशको सबभन्दा ठूलो लोकतान्त्रिक बामपन्थी पार्टीको महाधिवेशन सर्वसाधारणको आर्थिक र साँस्कृतिक रुपान्तरणसँग जोडिनैपर्दछ । अनि मात्र त्यो जनताको पार्टी र साथी हुन्छ । होइन भने त्यो पार्टी हुनु र नहुनुको तात्विक भिन्नता नागरिकले महशुस गर्नेछैनन् ।
जनताको बहुदलीय जनवाद(जवज)लाई पाँचौं राष्ट्रिय महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त बनाएको २२ वर्षपछि थप परिमार्जन र विकास गर्दै सम्पूर्ण रुपमा एमाले पङ्तिले यसलाई अपनत्व ग्रहण गरेको छ । नवौं महाधिवेशन आइरहँदा एमालेमा पहिलो पटक बैचारिक मतभिन्नता छैन । घनश्याम भुषाल लगायतको प्रयासबाट महाधिवेशनको पूर्वसन्ध्यामा यो सम्भव भएको हो । भुषालले आठौं महाधिवेशनबाटै अगाडि सार्दै आएको विचारलाई एमालेले अनुमोदन गरेको छ । उत्पादन प्रणालीका आधारमा समाजको चरित्र निर्धारण हुने माक्र्सवादी दर्शन हो । आर्थिक प्रणालीमा आएको परिवर्तन र राजनीतिक क्रान्ति पूर्णताले समाज पूँजीवादमा प्रवेश गरेको एमाले निष्कर्ष हो । र ऊ आफ्नै अगुवाइमा आर्थिक क्रान्ति गर्न चाहन्छ । एमालेमा आवद्ध कार्यकर्ता, नेता, बुद्धिजीवि, पेशाकर्मी र संगठन हेर्दा यसको अगुवाई गर्न पार्टी सक्षम देखिन्छ । केही युवा नेताहरु त पेशाबिहिन एमाले कार्यकर्ता हुनै नसक्ने कल्पना गर्छन् ।
पार्टीको सिद्धान्त र सपनालाई कार्यन्वयनमा उतार्न सक्ने सक्षम नेतृत्व एमालेमा अहिलेको अहम् सवाल हो । देशको नेतृत्व गर्न सक्ने सिद्धान्त र संगठन हुँदाहुँदै अठोटयुक्त नेतृत्वको अभावमा दोश्रो वा तेश्रो स्थानमा एमाले खुम्चिँदै आउनु परेको देखिन्छ । केही अवसरवादी नेताहरुकै कारण लायक हुँदाहुँदै ‘ड्राइभिङ’ सिटमा रहेर देश हाँक्न नपाउने अभागी पार्टी जस्तो विगतदेखि एमाले देखिँदै आएको छ । नवौं महाधिवेशन नजिकिदै जाँदा नेतृत्वका लागि शुरु भएको अस्वस्थ्य प्रतिष्पर्धा, तल्लो स्तरको आरोप प्रत्यारोप र गुटबन्दीले फेरि आशंका जन्माएको देखिन्छ ।
नवौ महाधिवेशनबाट नेतृत्वमा आउन माधवकुमार नेपाल(६१) र खड्गप्रसाद ओली(६३) डटेर लागेका देखिन्छन् । उनीहरुको पछाडि ठूल्ठूलै समूह पङ्तिबद्ध छन् । आ–आफ्नो गुटका भेलामा दिएको सार्वजनिक अभिव्यक्तिहरु हेर्दा उनीहरु सहकर्मी नभइ विपरित ध्रुवका प्रतिष्पर्धी महशुस हुन्छ । जस्ले पार्टी पङ्तिभित्रै बैमनस्यता र शत्रुता बढाउने देखिन्छ । यस्तो हुनु भनेको महाधिवेशन पछाडि पार्टी सञ्चालनमा समस्या आउनु हो । एउटा जीवन्त पार्टीमा नेतृत्वको लँडाइ हुनु अस्वभाविक होइन तर आफ्नो कद विर्सेर गरिने हुने स्तरहिन प्रतिष्पर्धाले भविश्य अन्धकारमा धकेलिन सक्छ ।
अब थोरै नेतृत्वका दावेदारहरुको चर्चा गरौं ! समकालिन नेपाली राजनीतिका धेरै चर्चित पात्रहरु हुन् माधवकुमार नेपाल र खड्गप्रसाद ओली । नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा उनीहरु दुवैको ठूलो योगदान छ । उनीहरु दुबैका आ–आफ्नै सकारात्मक र नकारात्मक पाटाहरु छन् । सबै मानिसको आफ्नै सिमाहरु हुन्छन् । चाहेर पनि त्यो भन्दा धेरै पर पुग्न सक्दैन । नेपाल र ओलीमा यो कुरा लागु नहुने कुरा भएन !
मदन भण्डारीको रहस्यमय हत्यापछि नेकपा (एमाले)लाई अगाडि बढाउनमा दुबैको अहम् योगदान रह्यो । एकछत्र कांग्रेसीराजको समयमा लोकतान्त्रिक निर्वाचनबाट कम्युनिष्ट पार्टीलाई पहिलो बनाउन उनीहरु सफल भए । दक्षिण एसियामा पहिलोपटक ९ महिनाको सर्वाधिक लोकप्रिय कम्युनिष्ट पार्टीको सरकार नेपालमा सञ्चालन भयो । त्यो सरकारमा नेपाल र ओली दुबैले नेतृत्व गरे । भलै सिट अघिल्लो र पछिल्लो थियो होला । सँधै शीर्ष भूमिकामा रहेका ओली त्यसपछि विभिन्न समयमा पार्टीको नेतृत्व गर्दै केही पटक उप–प्रधानमन्त्रीसम्म भए भने नेपालले प्रधानमन्त्री नै हुन पाए । पार्टीभित्रको स्थायी प्रतिपक्षको पहिचान बनाएका ओली धेरै समय नेपालसँग नजिक थिए ।
तुलनात्मक रुपमा माधव नेपाल समकालिन नेपाली राजनीतिज्ञहरुमा इमानदार र सदाचारी नेता हुन् । राजनीतिक इस्युमा उनी केही पटक चुकेका होलान् तर व्यक्तिगत चरित्रमा खोट लगाउने ठाउँ छैन । उनको बारेमा गम्भिर विवाद विरलै भए ! ‘प्रतिगमन आधा सच्चिएको’ नेपालको जीवनकै महाभूल थियो । एमालेलाई भुत्ते बनाउनमा त्यसैले योगदान ग¥यो । तर यो निर्णय नेपाल एक्लैले गरेका थिएनन् । ओलीसमेतको समर्थनमा गिरिजाप्रसाद कोइरालाको अपमानको परिणामा स्वरुप शेरबहादुर देउवाको सरकारमा सामेल हुँदा नेपालले यस्तो अभिव्यक्ति दिनु परेको थियो । २०६२÷०६३ को आन्दोलनको माहोल बनाउने र एमालेलाई ‘लिक’मा ल्याउने काम माधव नेपालकै नेतृत्वमा भयो । केही कमजोरीका बावजुद नेपाल पार्टी र देशका लागि अनवरत खट्ने नेता हुन् ।
अर्का नेता केपी ओली लामो समय जेल जीवन विताएका मालेको पहिलो पुस्ताका नेताहरुमध्येका एक हुन् । उनलाई पनि व्यक्तिगत आचरणका कुनै गम्भिर आरोप छैन । सन्तान नभएका उनी सामान्यत ः आर्थिक प्रलोभनमा पर्देनन् । धेरैको दृष्टिमा ओली संगठन निर्माण र सकृय राजनीतिभन्दा जेलजीवनको ब्याजले बाँचेको हुन् । उखान टुक्का मिलाएर सार्वजनिक अभिव्यक्ति दिन खप्पिस ओली, विरोधिलाई भित्तामा पु¥याएरै बोल्ने गर्छन् ।
२०६४ को संविधानसभा निर्वाचन पछाडि माओवादीको कडा आलोचकको छवि बनाएका ओलीलाई धेरैले नेपाली राजनीतिको एउटा संदिग्ध पात्रको रुपमा हेर्छन् । खासगरी भारतसँगको सम्बन्धलाई लिएर, तर पुष्टि भएको सायदै होस् । २०५८ मा पूर्व राजा ज्ञानेन्द्रको सत्ता हत्याउने कदम र २०६१ माघ १९ को शाही ‘कू’ पछि उनको भूमिका एमालेमा मात्रै नभएर देशमै आलोच्य बन्यो । अप्रत्यक्ष रुपमा ओलीले राजतन्त्रलाई सघाएको विश्वास गरिन्छ । त्यो समयको उनको अभिव्यक्ति राजतन्त्रलाई बल पुग्ने खालकै थिए । गणतन्त्रमा जाने निर्णय पार्टीमा हुँदा ‘नोट अफ डिसेन्ट’ लेख्दै ओलीले ‘रिक्सामा चढेर अमेरिकाको यात्रा’ भन्ने अभिव्यक्ति दिएका थिए । ओलीलाई गणतन्त्र घोषणा हुनुअघिसम्म राजावादीका रुपमा धेरैले हेर्दर्थे ।
गणतान्त्रिक व्यवस्थाप्रतिको उनको निष्ठा नभएको शंकाकै कारण माधव नेपालले उम्मेद्धवारी दिएको धेरैको विश्लेषण छ । एमालेले नवौं महाधिवेशनका लागि जुन दस्तावेज पारित ग¥यो, त्यसको प्रतिनिधित्व ओली गर्दैनन् । उनको विचारविहिन नेतृत्वको दावी हो । साँच्चै विचारका दृष्टिले नेतृत्व घनश्याम भुषालले पाउनु पर्ने हो ।
अर्को ओलीले बामदेव गौतम, ईश्वर पोख्रेल, विद्या भण्डारीहरुसँग गरेको सहमतीले धेरैलाई शंका गर्न बाध्य बनाएको देखिन्छ । युवा पुस्तामा नेतृत्व हस्तान्तरण आवाज उठिरहँदा नेपालभन्दा बुढा ओली, ओलीपछि उनीभन्दा बुढा बामदेव गौतम र गौतमपछि ओलीकै दौतरी ईश्वर पोख्रेललाई अध्यक्ष बनाउने यो समूहको योजना छ । यदि यस्तो भएमा १० देखि १५ वर्ष पुरानै पुस्तामा नेतृत्व रहनेछ । यसको मतलब दोश्रो पुस्तामा लामो समय नेतृत्व जाने छैन ।
विचार, योग्ता र उमेरका दृष्टिले ओलीको टीम पार्टी हाँक्न सक्ने क्षमताको छैन भन्दा हुन्छ । पोख्रेल बाहेक ओली र गौतम दुबै पढेका छैनन् । वैचारिक दखलका दृष्टिले प्रदीप ज्ञवाली बाहेक अरुमा सम्भावना छैन । कुनै बेला भावी अध्यक्षका रुपमा हेरिएको शंकर पोख्रेल विचारदेखि चुनावी मैदानसम्म प्रभावहिन बन्दैगएको देखिन्छ ।
बामदेव गौतमको समर्थनले ओली संसदीय दलका नेता बने । अहिले गौतमकै सहयोगमा अध्यक्ष हुने सपनामा छन् । तर सोँचनीय के छ भने गौतम एमालेको अधोगतिका मुल कारक हुन् । गौतमले पार्टी विभाजन नगरी दिएको भए २०५६ को आमनिर्वाचनमा एमालेले दुईतिहाइ मत ल्याउने निश्चित थियो । एमालेका ४० प्रतिशत कार्यकर्ता लगेर उनले माओवादीलाई बुझाएर, र एक्लै पार्टीमा फर्किए । गौतमले २०६५÷०६६ ताका एमालेलाई एमाओवादीमा विलय गराउन ठूलो कोशिश गरेको कसैबाट लुकेको छैन । धेरैको दृष्टिमा उनी एक राजावादी पनि थिए ।
हुन त माधव नेपाल वा खड्ग ओली जो जिते पनि एमाले नै जित्ने हो । तर विगतका विभिन्न सन्दर्भहरुलाई केलाएर हेर्दा केपी ओली समूहको उत्थानमा एमालेको पतन प्रष्ट देखिन्छ । स्वास्थ्य, उमेर, क्षमता र योग्यताका कारण ओली, पार्टीलाई जीवन्त बनाएर सञ्चालन गर्न सक्ने अवस्थामा छैनन् । ओलीको उत्थान हुनु भनेको बामदेवको दिन आउनु हो । बामदेव ‘फस्र्टमेन’ भएको दिन एमालेको विघटन शुरु हुने निश्चित छ । एमालेलाई बनाउन होइन, समाप्त पार्ने बामदेवको विगतदेखि कै सपना हो । विडम्बना ! यसलाई एमाले पङ्तिबाट जानाजान वेवास्ता गरिएको देखिन्छ । ह्वीममा मानिसहरुलाई सही लाग्न सक्छ तर समय आएपछि मान्छेहरु पछुताउनेछन् ।
ओली कथंकल अध्यक्षमा जितेभने चमत्कार भएमात्र कार्यकाल पुरा गर्नेछन् । नत्र उनको शारीरिक अवस्था त्यस्तो छैन । ओली अध्यक्ष भएका खण्डमा त्यसपछिको पालो बामदेवको आउने सहमतीका कारण, उनका स्वार्थ समूह सदसयहरु बोकेरै भएनी ओलीलाई अध्यक्षमा आसन गराउन चाहन्छन् । यसमा एमालेको हित नभइ षड्यन्त्र देखिन्छ ।

कुरा जे सुकै भएनी सबै नेपाली अबको एमाले अध्यक्ष को बन्लान भनेर ब्यग्र प्रतिक्षामा छन् । देख्दा, जस्ले जिते पनि एमालेले नै जित्ने हो । तर यात्रा कति सहज, सुरक्षित र परिणाममुखी बनाउने भन्ने फ्रन्टसिटे ‘ड्राइभर’ को भूमिकाले निर्धारण गर्दछ । देशको एउटा लोकतान्त्रिक कम्युनिष्ट पार्टीको महाधिवेशनले सही नेतृत्व चयन गरोेस् भन्ने कामना न हो ।
No comments:
Post a Comment