विविध

पोहर परारै साथीभाइले सुनाएको देउसी सम्बन्धि एउटा जोक ः

परदेश हिँडेका ताप्लेजुङतिरका दुई जना लिम्बूहरु तिहारको दिन साँझ परेपछि बाटैमा देउसी खेल्ने सल्लाह गरेछन् । एउटाले भट्याउने, आर्काले देउसी भन्ने उनीहरुबीच सल्लाह भएछ । र एकजनाले भट्याउन थालेछ ! आर्काले देउसी भन्न ।
‘भन् भन् भाइ हो’
‘भन्दै छुङ’
‘राम्ररी भन्’
‘भन्दै छुङ’
त्यतिकैमा घरबेटी बाहिर निस्केर उनीहरुलाई सोधेछ ।
कहाँ बस्ने हो दाजुहरु ?
भट्याउनेले भट्याउन छाडेर भनेछ–
‘ताम्बुर खोला बस्ने हउ दाजु !’
घरेबेटीले फेरि सोधेछ– खोलैभित्र ?
दुईभाइ लिम्बूलाई झ्वाँक चलेछ र भनेछन्– ‘पाखा पाखा चाँठा !’
त्यसपछि देउसी छाडेर उनीहरु आफ्नो बाटो लागेछन् ।

 

 स्तनपान गराउन नै जान्दैनन आमाहरु

१९ साउन, मकवानपुर । मकवानपुर जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर जनस्वास्थ्य अधिकृत सुनिलकुमार श्रीवास्तवले कतिपय आमाहरूले स्तनपान गराउन नजानेकै कारण बच्चाहरू दूध खान नमान्ने, झगडालु हुने र कुपोषणको सिकार बन्ने गरेको बताएका छन् । विश्व स्तनपान सप्ताह मनाइरहँदा जनस्वास्थ्य अधिकृत श्रीवास्तवले आमाहरूले यस्तो विषयमा ज्ञान राख्न आवश्यक भएको बताए । उनले स्वास्थ्य सन्देशको प्रचार–प्रचारको क्रममा फिल्डमा जाँदा अधिकांश आमाहरूले स्तनपान गराउन नजानेको पाइएको बताए ।
aama‘बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक केही पनि खुवाउनु हुन्न, तर धेरै आमाहरू आङ्खनो दूधसँगै पानी, अन्य कुराको रस खुवाउने गरेको पाइयो,’ उनले भने, ‘९८ प्रतिशत आमाहरूले बच्चालाई दूध त चुसाउँछन्, तर दूधसँगै अरू वस्तु पनि खुवाउँछन्, जुन गलत हो ।’ मकवानपुर जिल्लामा ६ महिनामुनिका करिब ५ हजार ५ सयजना बालबालिका छन् । यी अधिकांश बालबालिकालाई आमाको दूधसँगै अन्य वस्तुको रस पनि खुवाउने गरेको उनले बताए । ५३ प्रतिशत आमाहरूले मात्रै ६ महिनामुनिका बालबालिकालाई दूध मात्रै खुवाउने गरेको राजधानी दैनिकमा खबर छ ।

यसैगरी, १९ प्रतिशत आमाहरूले ६ महिनामुनिका बालबालिकालाई स्तनपानसँगै पानी खुवाउने गरेका छन् । यस्तै, १३ प्रतिशत आमाहरूले सो उमेरका बच्चालाई गाई वा भैंसीको दूध पनि खुवाउँछन् । १३ प्रतिशतले दूधसँगै लिटो, जाउलो, तथा २ प्रतिशतले फलपूmलको रस खुवाउने गरेको श्रीवास्तवले बताए । ६ महिनामुनिको बच्चालाई २४ घन्टा अर्थात् १ दिनमा ८ देखि १० पटक र प्रत्येक पटक कम्तीमा १५ मिनेट स्तनपान गराउनुपर्छ । तर, ग्रामीण महिलाहरूले यसो गर्ने नगरेको उनले बताए । श्रीवास्तवका अनुसार १५ मिनेटसम्म आमाको दूधबाट आउने पौष्टिक तत्त्व फरक–फरक हुन्छ । पहिलो पाँच मिनेटसम्म आउने आमाको दूधमा बच्चाका लागि आवश्यक पानीको मात्रा बढी हुन्छ, त्यसपछि बाक्लो दूध आउँछ । उनका अनुसार एकै पटकमा दुवै दूध खुवाउनु पनि राम्रो होइन । ‘एक पटकमा एउटा मात्र दूध १५ मिनेटसम्म चुसाउनुपर्छ, अनि दोस्रो पटकमा अर्को चुसाउनुपर्छ, यसो गर्दा बच्चाले पूर्णरूपमा पौष्टिक तत्त्व पाउँछ,’ उनले भने ।

पूर्ण रूपमा स्तनपान गर्न पाएका बच्चाहरू निरोगी हुनुका साथै, उनीहरू हुर्केपछि पनि मायालु स्वभावका हुन्छन्, मस्तिष्कको राम्रो विकास हुन्छ, आँखाको दृष्टि राम्रो हुन्छ, रक्तनलीहरूको विकास राम्रो हुन्छ । ‘आमाको दूधका १ सय ३० प्रकारका तत्त्वहरू मिसिएको हुनाले यो अमृतसमान हन्छ भनिएको हो,’ उनले भने । आमाको दूध पर्याप्त मात्रामा खुवाउनेले कुपोषण तथा मृत्युदरमा कमी ल्याउन सकिने उनले बताए ।
(अनलाइन खबरमा प्रकाशित यो समाचार साभार गरिएको हो ।)

 

 

गान्धीका यौनलीला

(विश्वका महापुरुषहरुमध्ये एक, भारतीय स्वतन्त्रता संग्रामका प्रणेता एवं भारतका राष्ट्रपित महात्मा गान्धी जति संसारमा पूज्य छन्, उनको यौन जीवन उति नै आलोचित छ । यहाँ पत्रकार चिरनजीवि पौडेलको यस्तै सामग्री नयाँ पत्रिकाबाट साभार गरी राखेको छु । गान्घीको यौन जीवन बारे यसअघि पनि राजनीतिक चिन्तक प्रदीप गिरीको लेख यहाँ राखिएको छ ।)
महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले जनाउँछ । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि बद्नाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए । यदि यी कुरा पूर्णसत्य हुन् भने गान्धीलाई महात्मा भनेर पूजा गर्नु हास्यास्पद विडम्बना हुन्छ । पढौँ, एडम्सले आफ्नो पुस्तक ‘गान्धी : न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू :

गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् । त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो ।
सुरुमा उनीहरू केटाकेटी भएकाले एक–अर्कासित नजिकन पनि धकाउथे । सुहागरातका दिन आफ्नो कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् । तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो । बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् । सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो ।
यसबीचमा सबैभन्दा अनौठो प्रसंग के छ भने आफ्ना पिता मृत्युशय्यामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित यौनक्रीडा गरिरहेका थिए । गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ । अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् । उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए ।
०००
गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए । त्यतिवेला उनले रक्सी, मासु र महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए । तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोडेर कस्तुरबासित समागम गरे र एक वर्षभित्रै दोस्रो बच्चा जन्माए । त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा ।
गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए । दक्षिण अफ्रिकामा कैयौँ शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो । ती महिला उनलाई राम्रा लाग्न थाले । थुप्रै महिलासित उनी नजिकिए । उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे । यसै दौरान एक आधा दर्जन महिलासित गान्धीको निकट सम्बन्ध कायम भयो । उनीहरू थिए– ग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड (जो मिराबेनको नामले चिनिन्थिन्), मार्गारेट स्पिगल, सोजा स्केलेसिन र इस्टर फियरिंङ ।
सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे । आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्ठा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने ।
सधैँ फलफूल र बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो । उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे । ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे । शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपथ्र्यो । प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’
आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो । तर, त्यो बन्देज धेरै समय रहेन । उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले । सुरु–सुरुमा एउटै कोठामा भए पनि अलग–अलग ओछ्यानमा सुत्थे । तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले । परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी र साथीका श्रीमतीहरूसित पनि सुते ।
३८ वर्षको हुँदा गान्धीले गरिबी र पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए (ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो : जहाँ कहिल्यै कुनै वासनात्मक भावना हँुदैन र सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, ऊ कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन । ऊ नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि ऊ सम्भोगका लागि उत्तेजित हुँदैन ।’ गरिबी अँगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन ।
महिलाहरूसित नांगै सुतेकोबारे आलोचना हुँदा गान्धी आफू अद्र्धनारीश्वर (भगवान् शिवजस्तो) भएको दाबी गर्थे । उनको भनाइ थियो, ‘नारी र पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन ।’ आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे । उनी भन्थे, ‘म जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु । त्यसैले मेरा सबै कर्म पवित्र छन् ।’
गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ । यस्तो क्रियाले ‘नेचुरोप्याथी’को काम गर्छ । साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ ।’ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग सफल भएको जिकिर गरेका छन् । गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए । उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून् ।’

ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए । उनको आश्रममा केटा र केटीले सँगसँगै नुहाउनु र सुत्नुपथ्र्यो । तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो । उनी श्रीमान्लाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे । कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे । यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो ।
गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे । उनका गफ प्राय: उत्तेजक हुन्थे । उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउँथे । गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे । तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीको ‘सेक्स प्रयोग’ले हावा खायो ।
०००
कस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले । उनी जोकसैलाई पनि आफूसित सुताउँथे । तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमान्सित चाहिँ सुत्न पाउँदैनथे ।
गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर । सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, र सानैदेखि गान्धीको हेरचाहमा  रहिन् । ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपथ्र्यो, अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपथ्र्यो । जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए । गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, म आफ्नो आँखा पूरै बन्द गर्छु । मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर । उनले साबुन दलेको चाहिँ म आवाजबाट पत्ता लगाउँछु । उनका अंग अरुले जति देखेका छन्,मैले देखेको पनि त्यत्ति हो ।’ भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो ।

मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थियो । उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य (वीर्य) जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै सफल नहुने ताकत हुन्छ ।’
०००
आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी कलिला केटीको आवश्यकता महसुस गर्थे गान्धी । भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् । स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए र उनीसित सुत्न थाले । गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौँ, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ । हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ । अब हामी एउटै ओछ्यानमा नांगै सुत्न थालौँ ।’
स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् । आभा पनि गान्धीसित सुत्न थालिन् । आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु र आभा दुवैसित सुत्ने गर्थे । सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँ–बायाँ यिनै दुई महिला थिए ।
मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे । यसबाट देश विभाजन तथा हिन्दू–मुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो । उनले मनुसित आफू आमासित जसरी सुत्ने गरेको दाबी गरेका थिए । मनु र आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए । त्यतिवेला मनु विवाहित थिइन् र सुरेन्द्र मसरवाला उनका पति थिए । सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा र मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको छ । पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिएँ, तर परिणाम हासिल भएको थिएन ।’
०००
गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका र बोलेका थिए । तर, उनका प्रशंसकले ‘बापु’को छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे । सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको छ, किनकी उनका विचार लोकप्रिय भएनन् । गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए । नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ । यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् ।’ लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।
०००
गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थाले । उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद र दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् । यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो । गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउँछ । उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् । गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् । सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे ।
गान्धीले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए । जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य र अप्राकृतिक संज्ञा दिएका छन् । गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए । राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए । गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए ।
आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए ।’ उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे । उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन ।
एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई निर्वस्त्र मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिँदा गान्धीले उनलाई ‘तिमीले आश्रम छाडेर मलाई केही फरक पर्दैन’ भन्ने जवाफ दिएका थिए । निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए । एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो । त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु र सुशीला नैयरसित सुतिरहेका थिए । बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए । उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको र आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको । सँगसँगै सुशीला पनि चिच्याइरहेकी थिइन् ।
त्यसरात के भएको थियो भनेर मनु र सुशीला दुवैले मुख खोलेनन् । निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे । सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे । सुशीलाले उनलाई रोक्न खोजिन् । अनि रुष्ट र निराश भएर गान्धी चिच्याए होलान् । सुशीला चाहिँ मद्दत माग्न चिच्याएकी होलिन् । निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् ।
०००
गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी (जयप्रकाश नारायणकी पत्नी) कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी (नातिनी बुहारी), आभा गान्धी र सरलादेवी चौधरानी (कवी रवीन्द्रनाथ टैगोरकी भतिजी) लगायत छन् ।
सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् । सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् । उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् । प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो र उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् ।’ गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो । सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो । उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे । स्मरणीय के छ भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो । तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै स्वप्नदोष भएन । 

गान्धी र यौन

(मोहनदास करमचन्द गान्धी(महात्मा गान्धी) २ अक्टोबर १८६९ का दिन भारतको गुजरातमा जन्मिएका थिए । उनको ३० जनवरी १९४८ मा नाथुराम गोड्सद्धारा गोली हानी ७८ वर्षको उमेरमा हत्य  गरिएको थियो । गान्धी भारत र भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख प्रणेता एवं अध्यात्मिक नेता मानिन्छन् । विश्वका महापुरुषहरुमध्ये यिनी एक हुन् ।  व्रिटिस उपनिवेशका रुपमा रहेको दक्षिण अफ्रिकाको रङ्गभेद अन्त्य र भारतलाई स्वतन्त्र गराउन गान्धीको ठुलो योगदान छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्म दिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसका रुपमा मनाउने गर्दछ । गान्धीको यौन जीवनका बारेमा अनेक चर्चा उनी जीवित हुँदादेखि अहिलेसम्म भइरहेको छ । विचारक प्रदीप गिरीद्धारा नयाँ पत्रिकामा लेखिएको यो सामग्री धेरैका लागि पठनीय भएकाले साभार गरेको छु । आरडी )
गान्धीलाई मानिसको जीवनको प्रत्येक पक्षमा गहिरो रुचि थियो । त्यसमा पनि उनीलाई सेक्समा विशेष रुचि देखिन्छ । गान्धीजी सेक्स र ब्रह्मचर्यका विषयमा आजीवन प्रयोगरत रहन्थे । एउटा शुद्ध सत्याग्रहीले ब्रम्हचारी हुनुपर्छ भन्ने उनको धारणा थियो । तदनुरूप उनले आप\mनो सत्याग्रही जीवनको प्रारम्भमा नै ब्रह्मचर्यको पालन गर्ने प्रयास थालेका थिए । तर, यो व्रत पूर्णरूपले सफल हुन सकेन । तर, यसबाट गान्धीको संकल्प झन् कडा भयो । १९०६ मा गएर उनले पूर्ण ब्रह्मचर्यको प्रतिज्ञा गरे । त्यस वेला उनी ३७ वर्षका थिए । पूर्णब्रह्मचर्यको प्रतिज्ञापछि गान्धीजीले सत्याग्रहको नेतृत्व गरे । यो कुरो दक्षिण अपि|mकाको हो । यस किसिमको ब्रह्मचर्य भारतका योगी-सन्यासीले लिने गरेको सुनिएको/देखिएको कुरो हो । तर, यस्ता योगी-सन्यासी आइमाईको छायाबाट नै पर भाग्दछन् तर, गान्धीजी यस किसिमको पलायनलाई भने कायरताको संज्ञा दिन्छन् । गान्धीजी आफ्नो दैनिक व्यवहारमा आइमाईसँग तर्संदैन थिए । अझ आफ्नी स्वास्नीसँगै एउटा कोठामा सुत्ने चलन पनि गान्धीले छाडेनन् । यसले गर्दा गान्धीजीलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो । निकै पछि उनले राजकुमारी अमृता कौरलाई आफ्नो यस अप्ठ्यारोबारे पत्रमा लेखेका थिए- 'मलाई सबभन्दा कठिन काम वासनाका उपर विजय प्राप्त गर्नुमा परेको छ । मैले वासनाविरुद्ध निरन्तर संघर्ष गरिरहेको छु । आजसम्म जेनतेन सफल हुन सकेकोमा म यसलाई एउटा चमत्कार नै ठान्दछु ।'
 
गान्धीजी कामवासनाको मोर्चामा अनेकौँ रूपमा संघर्षरत देखिन्छन् । खानपिन र उठबसका बानी-व्यहोराले कामवासनालाई तताउँछ भन्ने गान्धीको निष्कर्ष थियो । मानिसका विभिन्न इन्दि्रय आपसमा अन्तरसम्बन्धित छन् । एउटा इन्दि्रयले अर्कोलाई उत्तेजित गर्छ । अझ यसमा पनि भोजन र वासनाको गाढा सम्बन्ध हुन्छ । चिल्लो-चाप्ल्ाो, मीठो, मसलेदार खाना र दूधले विशेष गरेर वासना भड्काउँछ भन्ने गान्धीजीको ठहर थियो । यसैले गान्धी आप\mनो खानपिनका मामलामा बडो सतर्क थिए । गान्धीजीले आजीवन खानपिनका बारे अनेकौँ प्रयोग गरिरहे । यस्ता सबै प्रयोग ब्रह्मचर्यको लक्ष्यलाई ध्यानमा राखेर गरिन्थ्यो । खानपिनबाहेक खाली दिमाग पनि लहडी हुन्छ र कामवासनापट्ट िआकृष्ट हुन्छ । यसैले गान्धी आफूलाई प्रत्येक घडी व्यस्त राख्थे । यसबाहेक नियमित स्नान राम-नाम र भजन-प्रार्थनाले पनि आफू आत्म-नियन्त्रणमा रहन सकेको कुरो गान्धीले बताएका छन् ।
कामवासनाकोे नियन्त्रणका दृष्टिकोणले मानव-शरीरप्रति सही दृष्टिकोणको विकास बडो आवश्यक छ भन्ने गान्धीजीको धारणा छ । यो शरीर के हो ? शरीरलाई आनन्दको साधन र यसका प्रत्येक इन्दि्रयलाई भोग र तृप्तिको माध्यम सम्भिmने व्यक्तिले कामवासनाबाट मुक्ति प्राप्त गर्न सक्दैन । तर, शरीर, इन्दि्रयहरूको भूमिकाबारे आप\mनो दृष्टिकोण बदल्न सकिन्छ । त्यसो भएको खण्डमा वासनाउपर विजय गर्न सजिलो हुन्छ । उनी भन्छन्- 'हाम्रा जनेन्दि्रय यौनतृप्तिका निम्ति मात्र बनेका होइनन् । हामीले यो बुझ्नु आवश्यक छ । वासनाउपर नियन्त्रण गर्न आवश्यक छ । अनि मात्र वासनाउपर नियन्त्रण गर्न सजिलो हुनेछ ।'
यी र यस्तै अरू प्रयोगमूलक निष्कर्षपछि गान्धीको ब्रह्मचर्य विषयक विचारको विकास हुँदै गयो । गान्धी आफ्ना अनुभवबाट अनुशासनका नयाँ नियम र उपनियम बनाउँदै गए । यस क्रममा आफ्ना विचारमा अनेकौँ सुधार र परिष्कार गरेको कुरा गान्धी उल्लेख गर्छन् । तर, त्यति हुँदाहुँदै पनि गान्धी आफ्ना कमजोरीप्रति जागरुक थिए । उनले १९२६ मा भनेअनुसार उनको शारीरिक ब्रह्मचर्यमा कुनै खोट थिएन । तर, आप\mनो मनलाई पूर्णतः नियन्त्रण राख्न नसकेको कुरा गान्धी स्वीकार गर्छन् । मनमा बडो नजानिँदो तरिकाबाट नचाहिँदा विचारले अधिकार जमाउने चेष्टा गरेको कुरो गान्धी बारम्बार उल्लेख गर्छन् ।
 
तर, आप\mनो शारीरिक आत्म-नियन्त्रणबारे गान्धीलाई पूर्ण आत्मविश्वास थियो । यसैले गान्धी आइमाईसितको सम्पर्क र संसर्गबाट परहेज गर्दैनथे । खास गरेर आप\mना केही केटीचेलीको काँधमा हात राखेर घुम्नु-हिँड्नु उनीलाई विशेष पि्रय थियो । गान्धीको यस किसिमको बानी-व्यहोरा कतिपय देशवासीलाई मन पर्दैनथ्यो । विभिन्न मानिसले उनको यस्तो चलनको आलोचना गरे । सेप्टेम्बर १९३५ मा गान्धीले यस्ता आलोचनाको कदर गर्ने निर्णय सुनाए । 'मैले त्यति नगरिदिँदा यिनीहरूको चित्त बुझ्दछ भने बेसै भयो त, म त्यसो नगरी दिउँला' भन्ने गान्धीको भनाइ थियो । तर, गान्धी आफ्नो निर्णयमा अडिग रहेनन् । मात्र दुई वर्षपछि गान्धी आफ्नी पत्नी सुशीला नायर र मनु गान्धीजस्ता केही निकटस्थ युवतीका साथ त्यसरी नै हिँडेको देखिए । मानिसले फेरि आलोचना सुरु गरे । गान्धीले आलोचनाको जवाफ दिए- 'कोसित कसरी हिँड्नु हुन्छ वा हुँदैन, त्यो मेरो आत्माले ठहर गर्ने कुरा हो । अब हुँदाहुँदा यी आलोचकहरू मेरी स्वास्नी र चेलीबेटीसित हिँडेकोमा पनि टीकाटिप्पणी गर्छन् भने मलाई केही भन्नु छैन ।'
 
१९३६ को वर्ष भने गान्धीका निमित्त निकै अप्ठ्यारो ठहरियो । अघिल्लो वर्षभरि गान्धीले कठोर परिश्रम गरेका थिए । वर्षभरि नै उनी मुस्किलले दैनिक चार घन्टा सुते होलान् । परिणामस्वरूप डिसेम्बर १९३५ मा उनी बिरामी परे । तर, उनको कठिन दिनचर्यामा कुनै परिवर्तन आएन । फलतः जनवरी १९३६ मा उनी नराम्ररी थला परे । उनी उपचार र विश्रामका लागि बम्बई बस्न थाले । बम्बईमा यस्तै विश्राम कालमा एकपटक फेरि उनमा कामवासनाको उदय भयो । उनी आफैँले प्रकाशित गरेको पत्रिका हरिजनमा यो समस्याको सविस्तार वर्णन गरे । त्यस लेखमा आफ्नो कठोर आत्मालोचना गरेका छन् । तिनताक नै उनले आफ्ना एउटा साथीलाई तलका कुरा लेखे- 'यो शरीरलाई धेरै पुलपुल्याउनु हुँदैन । यसले खोजेको कुरा खान दिनु खतरनाक छ । अझ परिश्रम नगरी बस्ने हो भने झन् उत्पात नै गर्छ । मेरा शरीरले उत्पात गरेको कारण राम्ररी मलाई थाहा छ । यसैले अब म डाक्टरको सल्लाह मान्दिनँ । अब डाक्टरले भनेसरह म आराम नगर्ने भएको छु ।'
 
उपर्युक्त कुरा लेख्दा गान्धी ६७ वर्षका थिए । योभन्दा पनि ठूलो उत्पात फेरि दुई वर्षपछि भयो । १४ अपि्रल १९३८ का दिन गान्धीले आफूलाई स्वप्नदोष भएको घोषणा गरे । यसपटक भने उनी दुःखी भए । उनले आप\mनी शिष्या मेडलिन स्टयेडरलाई लेखे- '१४ अपि्रलको यो घृणित, फोहोर तथा दुःखदायी घटनाले मलाई चकनाचुर बनाएको छ ।' यसपछि गान्धी ठूलो निराशाको खाल्डोमा खसे । गान्धीलाई एक किसिमको अपराधबोधले निकै दिनसम्म ग्रस्त गर्‍यो । उनको आत्मविश्वास हरायो । यसबाट उनको राजनीतिक कार्यक्षमता पनि प्रभावित भएको देखिन्छ । उनले तिनताका नै जिन्नासित लामो र कठिन वार्तालाप गर्नुपर्ने थियो । गान्धीले यो वार्ता गर्न पनि चासो देखाएनन् । उनले जिन्नालाई भेट त गरे, तर वार्ताको महत्त्वपूर्ण अंग नेहरुलाई जिम्मा लगाइयो । मानौँ, गान्धीमा पुरानो आत्मविश्वास अब थिएन ।
 
गान्धीले आफ्ना निकटस्थ सहयोगीसित यो अपि्रल घटनाको विषयमा चर्चा गरे । उनीहरूका नजरमा यो एउटा निजी मामला थियो । यस कुरोको सार्वजनिक चर्चा-परिचर्चा उचित थिएन । तर, गान्धीले मानेनन् । गान्धीले यस घटनाबारे हरिजनमा एउटा लेख लेखे । गान्धी आफूलाई एउटा सार्वजनिक मानिस ठान्थे । सार्वजनिक मानिसको हरेक अनुभव र प्रयोग जनताको सम्पत्ति हुन्छ । यसैले गान्धीले आफ्नो स्वप्नदोष लुकाउन चाहेनन् । उनको लेख हरिजनमा छापिएपछि उनले अनेकौँ थरीका सल्लाह पाए । मिराबेन र अमृता कौर गान्धीका नजिकका महिलामित्र थिए । दुवैले गान्धीलाई आइमाईको संगतबाट टाढा रहनुपर्ने सल्लाह दिए । सर्वसाधरण आइमाई मात्र होइन, आप\mनानजिकका नातागोतासमेतबाट पनि टाढा रहनुपर्छ भन्ने उनीहरूको भनाइ थियो । पत्नी वा डाक्टर पनि टाढै रहेकोमा ब्रह्मचारीलाई सजिलो पर्छ । अझ मिराबेनले अर्को एउटा कुरा थपिन् । अपि्रलको त्यो घटना अनौठो र अस्वाभाविक होइन । गान्धीले सुषुप्तावस्थामा कुनै सँगै सुतेकी महिलाको घाँटीतिर हात पुर्‍याएको उनले देखेकी रहिछिन् । मिराबेनले यसको उल्लेख गरिन् । संक्षेपमा भन्दा गान्धीको कामवासना निर्मूल भएको रहेनछ भन्ने कुरोको यो थप प्रमाण थियो ।
 
गान्धीलाई यी सल्लाहले प्रभावित गर्‍यो । कामवासनाको चेतना अब हरायो भन्न साँच्चै गाह्रो रहेछ भन्ने कुरा उनले स्वीकार गरे । सचेतन मनमा कामवासना देखिएन भनेर ढुक्क हुन नहुने रहेछ । मानिसले जान्दानजान्दै पनि कामवासना मस्तिष्कको अँधेरो कुनामा लुकेर रहने रहेछ । गान्धी अब यस अचेतन गतिविधिप्रति पनि सतर्क भए । आफ्नो अचेतन मनको फोहोर र अँधेरा कुनालाई साफ-सुग्घर बनाउन अब गान्धीले विशेष ध्यान दिन थाले । विस्तारै गान्धीको आत्मविश्वास बलियो हुँदै गयो । केही दिनपछि गान्धीको पुरानो दिनचर्या पुनः कायम भयो । गान्धी फेरि महिला कार्यकर्तासँग सामान्य सम्बन्ध राख्न थाले । गान्धी त्यस्ता महिला कार्यकर्ता सँगसँगै सुत्थे । अझ त्यसमध्ये पनि डाक्टर सुशीला नायर र गान्धी एउटै बिछ्यौनामा सुत्थे । यसरी सँगै सुत्दा गान्धी न्यानो महसुस गर्थे । यसबाहेक पनि डाक्टर सुशीलाले गान्धीलाई नियमित मालिस गरिदिने अनि नुहाइदिने गर्थिन् । यो प्रक्रिया कहिलेकाहीँ डेढ घन्टाभन्दा बढीसम्म चल्थ्यो । कहिलेकाहीँ गान्धी मालिस गर्दागर्दै निदाउँथे । कहिले भने गान्धी मालिसका बेलामा आफ्ना निजी सचिव महादेव देसाई तथा प्यारेलाललाई बोलाएर चिठी-पत्र लेख्न लगाउँथे ।
 
जे होस्, गान्धीको जीवन-चर्याले हिन्दुस्तान तथा हिन्दुस्तानबाहिर सधैँ नै चर्को विवाद उत्पन्न गर्‍यो । तिनताका नै गान्धीले प्रेम कण्टक भन्ने महानुभावलाई लेखेका पत्रहरू प्रकाशित भए । गान्धीले प्रेम कण्टकलाई आफ्ना कामवासनाका अनुभव र संघर्ष बिल्कुलै नांगो र खुलस्त पाराले लेखेका रहेछन् । कण्टकले यी पत्र छपाउने मनसाय गरे । गान्धीले पनि यी पत्रको प्रकाशनमा कुनै आपत्ति देखेनन् । फलतः यी पत्रहरू छापिए । यी पत्र छापिनासाथ भारतका अखबारमा विभिन्न टीकाटिप्पणी सुरु भयो । अक्टोबर १९३९ मा बम्बै क्रोनिकल भन्ने अखबारमा गान्धीको निजी जीवनको भण्डाफोर छापियो । त्यसपछि अरू कट्टरपन्थी हिन्दु अखबार गान्धीका पछि लागे । कतिपय अखबारले गान्धीको धृष्ट कामुकताको घोर निन्दा गरे । अखबारहरूले सुशीला नायरसँगको उनको पापपूर्ण सम्बन्धको विशेष उल्लेख गरे । यस अभियानमा विदेशी अखबार पनि पछि रहेनन् । कतिपय अमेरिकी पत्रकारले गान्धीका अरू आइमाईसँगको सम्बन्धलाई कोट्याए । यस सम्बन्धामा मेडलिन स्लेडको चर्चा आयो । गान्धी र कुमारी मेडलिन स्लेड १९३१ मा सँगै लन्डन गएका थिए । अमेरिकी पत्रकारले गान्धी र स्लेडबीच अनुचित सम्बन्ध रहेको कुरो उनीहरूले उही वेला बुझेको कुरोको संकेत दिए । अझ उनीहरूको अनुमान र कल्पनाको कुनै सिमाना नै थिएन ।
 
तर, यसबाट गान्धी किञ्चित् मात्र पनि आत्तिएनन् । हरिजन उनको आफ्नो पत्रिका थियो । यी सबै आरोपलाई यथावत् आफ्नो अखबारमा पुनर्मुदि्रत गरे । त्यसपछि त्यस अखबारमा गान्धीको उत्तर छापियो । गान्धीले आफ्ना आलोचकलाई प्रमाण मागेर चुनौती दिए । उनले आफ्ना पाठकसँग आफ्नो किसिमको संवाद कायम गरे । आप\mनाविरुद्ध गरिएको घृणा अभिमान कट्टरपन्थी हिन्दुको र खासगरी बाहुनहरूको काम हो भन्ने गान्धीको दृष्टिकोण थियो । महाराष्ट्रका बाहुनको स्वामित्व र सञ्चालनमा रहेको अखबारमा गान्धीविरुद्ध सर्वाधिक विषबमन भएको थियो । गान्धीले यो कुरो औँल्याए । तत्पश्चात् गान्धीले यस्ता आलोचनाको टेरपुच्छर नलगाउने कुरोको जानकारी दिए ।
 
एकातिर त्यस्ता कुराको निन्दा चर्कंदै थियो भने अर्कोतिर गान्धीको स्त्रीसंसर्गमा प्रयोगहरू झन्झन् घनिष्ट र अन्तरंग हुँदै गयो । विगत वर्षमा गान्धी आफ्ना महिला सहकर्मीसित एउटै कोठामा सुत्थे । यद्यपि, तिनीहरूको बिछ्यौना फरक हुन्थ्यो । तर, यता आएर गान्धीले एउटै बिछ्यौना प्रयोग गर्न थालेका थिए । अब झन् गान्धीको प्रयोग अर्को खुट्किलोमा उक्लियो । अब गान्धीले आफ्ना महिला सहकर्मीसित नांगै सुत्ने निर्णय गरे । २२ फेबु्रअरी १९४४ मा गान्धीकी पत्नीको देहान्त भयो । कदाचित् त्यसपछि नै गान्धीको नयाँ प्रयोग थालिएको हुनुपर्छ । यकिन भन्न गाह्रो छ । अपि्रल १९४५ मा उनले यस विषयमा पत्र लेखेको पाइन्छ । बिडलालाई लेखिएको उक्त पत्रमा उनले महिला वा युवतीहरूको उल्लेख गरेका छन् । यिनीहरू गान्धीसित निर्वस्त्र सुतेका थिए । यस्ता नामहरूमा सुशीला नायर, प्रभावती, मनु गान्धी, आभा गान्धी सामेल थिए । लीलावती, राजकुमारी अमृता कौर र अरू पनि अनेकौँ महिलाको उल्लेख आउँछ । यी पछिल्ला श्रेणीका आइमाईका बारेमा भने मात्र सँगै सुतेका हुन् वा नांगै सुतेका हुन् भन्न गाह्रो छ । फेरि यस किसिमको सह-शयन एउटा प्रयोगको रूपमा गरिँदै छ भन्ने जानकारी पनि सबैलाई थियो/थिएन, यकिन छैन ।
 
गान्धीका कतिपय मित्र र सहयोगीले यस किसिमको क्रियाकलापको घोर विरोध गरे । उनीहरूलाई गान्धीको निर्दोषितामा शंका थिएन । गान्धीका इरादा उच्च थिए भन्ने कुरो पनि उनीहरूलाई स्वीकार थियो । तर, मानिसले कुनै पनि काम गर्दा यस कामको प्रभाव अरूमाथि के पर्छ, त्यो पनि हेर्नुपर्छ । गान्धीको देखासेखी गरेर अरूले पनि त्यस्ता प्रयोग गर्न थाल्छन् । फेरि यसै पनि सर्वसाधारण मानिस वा समाजले यस्तो कदमलाई कहिले पनि उचित मान्दैन । यस्ता कदमबाट गान्धीको लोकपि्रयता समाप्त हुने ठूलो खतरा छ, आदि-आदि । गान्धीले यी सब आलोचना सुने । तर, उनको चित्त बुझेन । गान्धीले आफूले कहिले पनि सामाजिक विधिविधानको विशेष वास्ता नगरेको कुरोप्रति उत्तरमा बताए । यसै पनि हिन्दू समाजले हरिजन वा मुसलमानलाई पटक्कै सहँदैन । तर, गान्धीका निमित्त हरिजन वा मुसलमान दुवै अत्यन्त पि्रय थिए ।
उहिले विद्यार्थी अवस्थामा नै स्वमूत्रपान गरेबापत उनी जातिच्युत हुनुपरेको थियो । पछि उनले आफ्नो आश्रममा एउटी अछुत आइमाईलाई शरण दिएका थिए । हिन्दूहरू त्यसमा पनि आगो भए । तर, त्यस्ता हिन्दूसँग आफू कहिल्यै नडराएको कुरा गान्धीले सगर्व बताए । अब सेक्ससम्बन्धी आफ्नो यो महत्त्वपूर्ण प्रयोग गर्न छाड्ने कुरामा गान्धी झन् अडिग थिए । कट्टरपन्थी हिन्दूले कुरा काटे भन्दैमा गान्धी डराउनेवाला थिएनन् । हो, आफ्ना निकटस्थ सहयोगीको भावनाबारे सोच्न गान्धी तयार थिए । त्यसैले गान्धीले तत्कालका लागि आफ्नो प्रयोग स्थगन गरे । तर, केही समयको पुनर्विचारपछि गान्धी फेरि आफ्नो पुरानो निष्कर्षमा पुगेको देखिन्छ । मार्च १९४५ मा गान्धीले मुन्नालाल साहलाई पत्र लेख्दा तलको कुरा लेखे- 'म जे छु, मलाई समाजले यसो भन्छ, उसो भन्छ भनेर सम्झाउने कोसिस गर्नु बेकार छ ।'
 
'म आप\mनो सोचाइ छोड्न सक्दिँन । तत्कालका लागि मैले सह-शयनको कार्यक्रम स्थगित गरिदिएको छु । तर, यो कार्यक्रम सधैँ बन्द गरिदिने कुरो हुनै सक्दैन । ...अरूको होहल्लामा लागेर मेरो यो कार्यक्रम बन्द गर्नुको अर्थ मेरो ब्रह्मचर्यको ठूलो अपमान हो । यस प्रकारका बन्देजको कुरा मेरानिमित्त बिल्कुलै उचित छैन ।'
एक वर्षपछि गान्धीको प्रयोग फेरि सुरु भयो । यसपटक उनको प्रयोगमा मनु गान्धीको सहभागिता थियो । मनु गान्धी गान्धीजीकी नातिनी पर्थिन् । कस्तुरबा गान्धीको देहान्तअघिको बिरामीमा मनुले उनको ठूलो सेवा गरेकी थिइन् । कस्तुरबाले मर्नुअघि मनुलाई गान्धीको जिम्मा लगाइन् । गान्धीले पनि अब मनुको आमा भएँ भनेका थिए । यिनै मनुलाई गान्धीले अक्टोबर १९४६ मा आफूसँग बस्न बोलाए । मनुका बुबाले पनि गान्धीको निमन्त्रणा सहर्ष स्वीकार गरे । मनु आफैँ पनि गान्धीनिर जान इच्छुक थिइन् । बरु मनुका बुबालाई भने गान्धीको आश्रमको वातावरणबारे केही शंका थियो । गान्धीजीका निजी सचिव प्यारेलालबारे मानिस विभिन्न टीकाटिप्पणी गर्थे । तर, गान्धीको पवित्रताको कुरो असन्दिग्ध थियो । तर, त्यही पनि गान्धीले मनुलाई लेखेको पत्र अलि अचम्मको छ । गान्धीले लेखेका छन्, 'मैले यसपटक तिमीलाई फेरि बोलाएको छु । तर, तिमीले चिन्ता लिनुपर्दैन । तिमीलाई अपि्रय हुने काम कुनै पनि हुने छैन । तिमीले मसँग डराउनुपर्दैन ।' यो डर, अपि्रय कामको कुरो भन्नाको तात्पर्य के हो ? यस पत्रका अध्येताले स्वभावतः यी कुराको धेरै अर्थ लगाएका छन् । कदाचित् पहिलेको बसाइमा मनु गान्धी उनको इच्छाविरुद्ध महात्मा गान्धीको प्रयोगमा सामिल गराइएकी थिइन् कि ?
 
जे होस्, यसपटक फेरि महात्मा गान्धीको प्रयोग सुरु भयो । २० डिसेम्बर १९४६ देखि महात्मा गान्धी मनुसित नांगै सुत्न थाले । यस समय मनुको उमेर १९ वर्षको थियो । गान्धीले यस्ता प्रयोगका दौरान सम्बन्धित व्यक्तिलाई दैनिक डायरी लेख्न लगाउँथे । गान्धीले मनुलाई पनि डायरी लेख्न भने । गान्धी सो डायरीमा आफ्नो टिप्पणी लेख्दै थिए । गान्धीले मनुलाई यी यावत् कुराबारे उनका बुबालाई लेखिपठाउन लगाए ।
गान्धीले आफूले भने यस कुराको पहिलो उल्लेख झन्डै तीन हप्तापछि गरेको भेटिन्छ । ८ जनवरी १९४७ मा गान्धीले कृष्णदास राजाज्यूलाई यस प्रयोगबारे पत्र लेखेको भेटिन्छ । तर, यो कुरो गोप्य पनि थिएन । आश्रमका अरू सदस्यले यो थाहा नपाउने कुरै थिएन । गान्धीको सानो झुपडीमा कुनै कुरो गोप्य रहँदैनथ्यो । गान्धीको सुत्ने कोठामा कोही पनि मानिस चौबीसै घन्टा जान सक्थ्यो । त्यहाँ रात र दिनसमेतको कुनै फरक थिएन । फेरि गान्धी यस्ता प्रयोग गर्दा कहिल्यै पनि गोप्य राख्दैनथे । यसअघि पनि यस्ता सबै प्रयोग खुल्ला रूपमा गरिन्थे । त्यसैले गान्धीका विरोधीसमेतले यी प्रयोगलाई प्रयोगका रूपमा हेर्थे । यस्ता प्रयोगको जबर्जस्त विरोध गरिन्थ्यो । तर, सामान्यतः कसैले पनि गान्धीको इरादाका उपर शंका गरेका थिएनन् । 
गान्धीका अघिपछि लागि रहने अंग्रेज गुप्तचरले पनि गान्धीको प्रयोगलाई हाँसोसम्म गरेको मात्र भेटिन्छ ।
तर, यसपटक भने नयाँ कुरा अवश्य भएको थियो । गान्धीले यसअघि यस्ता प्रयोग गर्दा आफ्ना घनिष्ट सहयोगीलाई पूर्वसूचना दिन्थे । यसपटक गान्धीले कुनै त्यस्तो सूचना दिएनन् । गान्धीले यो प्रयोगलाई गोप्य राखेनन् । यो सत्य हो । तर, यसपटक भने प्रयोगको विधिवत् घोषणा गर्दा गान्धी सतर्क भएका थिए । त्यस्ता होहल्ला र विरोधले प्रयोगमा बाधा पर्छ भन्ने गान्धीको आशंका रहेको हुन सक्छ । नभन्दै केही दिनपछि नै गाइँगुइँ पनि हुन थाल्यो । स्वयं गान्धीका शब्दमा भन्ने हो भने कानेखुसी, चियो-चर्चा र छुद्र कुराको दौर सुरु भयो । बिस्तारै झन्झन् प्रबल विरोध हुन थाल्यो । गान्धीको कथित प्रयोगविरुद्धमा एउटा बलियो जनमत तयार भएको देखियो ।
 
भारतीय जनमत यसै पनि विश्वामित्र, व्यास र अरू ठूला-ठूला ऋषि-महषिर्को जीवनकथाबाट परिचित छ । यी पौराणिक महापुरुषले सुदीर्घ तपस्या गरेका थिए रे । र, पनि यिनीहरूले कामदेवउपर विजय प्राप्त गर्न सकेनन् । मौकामा यिनीहरू विचलित भए । गान्धीको मात्रै यो के ठेगान छ र ? यस्ता तर्क सुनिन थाले । मानिसले गान्धीको इरादासमेतका बारे यसपटक टीकाटिप्पणी गर्न थाले । गान्धीका अनेकौँ निकट मित्र पनि यस्ता टीकाटिप्पणीमा पछि हटेनन् । खास गरेर उनका सताजीय सहकर्मी अर्थात् गुजरातीहरू विशेष चिढिए । हरिजनका दुई सम्पादक साथीले विरोधस्वरूप राजीनामा गरे । अनेकौँ सहकर्मीले असहयोगको घोषणा गरे । अरू त अरू गान्धीका हनुमान मानिने सरदार वल्लभ भाइ पटेल पनि यसपटक बेस्सरी रिसाए । विनोभा भावेले कडा पत्र लेखे । उनको निजी लेखनदासले गान्धीलाई छेडे । पण्डित नेहरु आक्रोशित भएकै थिए । किशोरलाल मश्रुवालाको विरोध सबभन्दा चर्को र असहिष्णु थियो । छोरा देवदास गान्धी पनि बडो व्यथित भए । देवदासले बाबुलाई बडो भावुक आलोचनात्मक पत्र लेखेको भेटिन्छ । यस्ता आलोचक अरू पनि अनेकौँ थिए । गान्धीलाई कसैले छाडेन भने पनि हुन्छ ।
 
विभिन्न मानिसले बेग्लाबेग्लै दृष्टिकोण राखेर गान्धीको आलोचना गरेका थिए । तैपनि, त्यस्ता आलोचकलाई श्रेणीबद्ध गर्न सकिन्छ । एक थरीका आलोचकले गान्धीलाई सामाजिक नैतिकताका आधारमा निन्दनीय ठहर्‍याए । गान्धीको प्रयोगलाई अधर्म मानियो । दोस्रो थरीकाले गान्धीलाई वेलैमा आफ्नो प्रयोगको तात्पर्य जनतालाई बुझाउन नसकेको आरोप लगाए । अर्का थरीका आलोचकले यस प्रयोगबाट कसैलाई केही लाभ हुन नसकेको बताए । अझ, अर्का थरीले समाजमा यसबाट दुराचार र अव्यवस्था बढ्न सक्ने शंका उठाए । तर, यी सबैभन्दा गान्धीका सचिव प्रोफेसर एनके बोसको आपत्ति ज्यादा मौलिक तथा तर्कपूर्ण थियो । प्रोफेसर एनके बोसले एउटा अर्कै दृष्टिकोणबाट यस समस्यालाई हेरे । यस्ता प्रयोगमा सामेल भएका अबोध तथा सरल कुमारीहरूको भावनात्मक शोषण भएको एनके बोसको आरोप थियो । सँगसँगै कथित प्रयोगले आइमाईको अपमानजनक सामाजिक स्थितिलाई झन् मजबुत गर्छ भन्ने बोसको सोचाइ थियो । यिनै कुराको उल्लेख गरेर बोसले गान्धीको सचिवको पदबाट राजीनामा गरे ।
 
बोसले अरू पनि कुरा उठाएका छन् । उनले गान्धीलाई प|mायडका सिद्धान्तबारे जानकारी दिए । मानिसको मनमा एक थोक हुन्छ । उसको अवचेतनमा भने अर्कै कुरा रहन्छ । मेरो मन पवित्र भनेर दाबी गर्दैमा मानिसलाई कामविहीन मान्न सकिन्न । अवचेतन मनले आफ्नो कामेच्छाको तृप्ति गर्न अनेकौँ बाटो खोजेको हुन्छ । कहीँ गान्धी पनि यस्तै भुलभुलैयामा त छैनन् भनेर बोसले शंका गरे । कस्तै टाठाबाठा पनि अवचेतनको भुलभुलैयासामु हार खान्छन् । गान्धी पनि यसका अपवाद नहोलान् । एउटा अर्को तथ्यतर्फ पनि गान्धीको दृष्टि पुगेन । आश्रममा सबै महिला वा सामान्य सदस्य मात्र पनि गान्धीलाई आफ्नो श्रद्धाको केन्द्र सम्भिmन्थे । गान्धीले तदनुरूप सबैलाई एकनासको स्नेह र विश्वास दिनु आवश्यक थियो । उनको सह-शयनको कार्यक्रमले आश्रमवासीमा काखा र पाखाको स्थिति उत्पन्न भयो । यसबाट आश्रममा ईष्र्या, द्वेष र छटपटाहट भएको बोसले देखे । बोसले गान्धीलाई यी सबै कुरो सविस्तार देखाए ।
 
तर, गान्धीमा कुनै परिवर्तन आएन । गान्धी पछुतो मान्दैनन् । आप\mना गतिविधिले कतिपय पि्रय सहयोगीको चित्त दुःखेको कुरो गान्धी स्वीकार गर्छन् । यस्ता सहयोगीलाई गुमाउँदा गान्धी दुःखी छन् । त्यत्ति हो, त्यहाँबाट अघि बढ्न गान्धी तयार छैनन् । 'दुई/चारजना मित्र वा अनुयायीका कुरा छाडिदिऊँ । सम्पूर्ण संसारले नै मेरो परित्याग गर्छ भने पनि म आफूले ठीक ठानेको कुरो गर्न छाड्न सक्तिनँ,' गान्धी भन्छन् । आफू गल्ती गर्दै नगर्ने भन्ने गान्धीको दुराग्रह छैन । तर, अरूले सम्झाएका वा तर्साएका भरमा गान्धी सुधि्रनेवाला छैनन् । स्वयंले अनुभूत गरेपछि मात्र गान्धी आफ्नो गल्ती आफैँ सच्याउनेबारे सोच्नेछन् । उनका अनुयायीमा यसबाट नैराश्य देखिनु स्वाभाविक हो । ती अनुयायीले उनको विरोध गर्नु पनि उचित हो । त्यसमा गान्धीलाई कुनै दुःख छैन । आफ्ना अनुयायीले आफूलाई महात्मा भनून् भन्ने अभिलाषा उनलाई छैन । उल्टो, वेला-बखतमा चलेको घृणा अभियानले मलाई विशेष आनन्द दिन्छ भनेर गान्धी लेख्छन् ।
 
संक्षेपमा, गान्धीको यौनप्रयोगको संक्षिप्त कथा यही हो । तत्सम्बन्धी विवादका विभिन्न धारा यिनै हुन् । गान्धी कुनै मनोविश्लेषक थिएनन् । आफूले गरेको कामको गूढ तात्पर्य के कस्तो हुन सक्छ भन्ने कुरो उनलाई थाहा थिएन । तर, यता आएर यस्ता कुराउपर पनि विचार हुन थालेको छ । यस्ता विचार आवश्यकसमेत छन् । गान्धीको यौन ? कामसम्बन्धी विचारलाई हामीले उनको अहिंसाको दर्शनको सन्दर्भमा मात्र बुझ्न सक्छौँ जस्तो लाग्छ । गान्धी सिद्धान्ततः हिंसा र वासनालाई अन्योन्याश्रति ठान्थे । तदनुरूप पुंसत्व पनि हिंसाको आश्रय हो । शरीरमा पुंसत्वको तत्त्व उपस्थित हुँदासम्म हिंसा निर्मूल हुँदैन । आफूमा पुंसत्व रहुन्जेल हिंसा पनि रहन्छ भन्ने कुरामा गान्धी आश्वस्त थिए । यसैकारण गान्धी बारम्बार आप\mनो पुंसत्वको अस्तित्वलाई लिएर प्रयोग गर्न प्रवृत्त हुन्थे । गान्धीजीका जीवनका अन्तिम वर्षताका हिन्दुस्तानमा हिंसाले उग्ररूप लियो । यस्ता हिंसात्मक उग्रताले गान्धीको जीवनको सिद्धान्त र तपस्याको उपहास गरेको प्रतीत हुन्थ्यो । गान्धी यस्तो हिंसा र प्रतिहिंसाबाट बडो व्यथित थिए । यी हिंस्रक घटनाक्रमको दायित्वबाट आफू पनि पन्छिन नसक्ने कुरोमा गान्धी विश्वस्त थिए । गान्धी हिंसा समाप्त होस् भन्ने चाहन्थे । तर, फेरि यस हिंसाको जरो आफैँमा पो छ भन्ने आशंकाबाट उनी मुक्त थिएनन् । यसै आशंकाले उनलाई यौन प्रयोगतर्फ लैजान्थ्यो । आफ्नो व्यक्तित्वबाट हिंसाका अर्थात् पुंसत्वका सम्पूर्ण बीजलाई निमिट्यान्न गर्न सके हिंसाउपर विजय गर्न सजिलो हुन्छ भन्ने उनको सोचाइ थियो । शुद्ध अहिंसक व्यक्तित्वले शान्ति र अहिंसाको ज्वार प्रवाहित गर्छ । यस्ता व्यक्तिको उपस्थितिमा हिंसा स्वतः निभ्छ । गान्धी आफूले हिंसा निभाउन नसकेको देख्दा शंकालु र चिन्तित थिए । फलतः उनी निर्मम आत्मालोचना गर्थे । आफ्नो व्यक्तित्वमा उनले अन्यत्र कतै हिंसाको बास देखेनन् । तर, यौन भावनाबारे उनलाई शंका रहेछ । फलतः उनको जीवनको आखिरी प्रयोग थालियो ।
 
मनु गान्धीसँगको कथित प्रयोगमा उनी आफ्नो परीक्षा गर्दै थिए । आफू भावनात्मक रूपमा सबै प्रकारको यौन भावनाबाट मुक्त रहेको आत्मगत बोध गान्धीलाई थियो । तर, कुनै पनि क्षेत्रमा आत्मगत बोध पर्याप्त हुँदैन । के साँच्चै नै वस्तुगत रूपमा उनी यौनमुक्त व्यक्ति भइसकेका थिए त ? यो स्वयं उनले आफूले गर्ने निधो थिएन । यो कुरो अन्य प्राणीले महसुस र निर्णय गर्ने कुरो थियो । यसैले उनले मनु गान्धीलाई यस प्रयोगमा सहभागी बनाए । यसैले उनले मनु गान्धीलाई डायरी लेख्न र देखाउन भनी अराए । मनुमा आफ्ना संसर्गले कुनै प्रकारको कामभावको उदय हुन्छ वा हँुदैन भन्ने निक्र्योल गर्न गान्धी उत्सुक थिए । आफूमा पुंसत्वको अवशेष मात्र पनि नरहोस् भन्ने उनको अभिलाषा थियो । साँच्चै नै आफू पुरुष नरहेको भए उनले मनुमा कुनै विकारको उदय गर्ने/गराउने कुरै थिएन । यसै विश्वासअनुरूप गान्धी आफूलाई मनुको आमा बनाउन चाहन्थे । मनुले पनि यस्तै महसुस गर्न आवश्यक थियो । त्यसैले आफूसँग सुतेकी मनुको अनुभूतिमा गान्धीलाई जबर्जस्ती चासो थियो ।गान्धीको यस किसिमको चासो र व्यवहारको स्रोत स्वयं हिन्दू धर्मको परम्परामा पनि भेटिन्छ । खास गरेर वैष्णव परम्परामा जानकार व्यक्तिले गान्धीको प्रयोगलाई अनौठो मान्ने छैनन् । वैष्णव परम्परामा व्यक्तिको लिंग निर्णयका विषयमा निकै चर्चा भएको छ । वैष्णव परम्पराका सबै भक्त स्त्रीलिंगी हुन्छन् । पुलिंग त एउटा कृष्ण मात्र हुन् । तदनुरूप नै गान्धी पनि आफूलाई एउटा कमनीय आत्माका रूपमा हेर्न चाहन्छन् । यो सुन्दर तथा निर्दोष आत्मा सतत परमात्माको अनुग्रहको प्रतीक्षामा रहन्छ । तर, अनुग्रह यति सजिलै प्राप्त हुने कुरो होइन । अनुग्रहका निमित्त उच्च कोटिको पात्रता चाहिन्छ । पात्रमा कुनै पनि विकार रहनु हुँदैन । पात्रमा पूर्णता हुनुपर्छ । फेरि पात्रले आत्मशुद्धि गर्नुबाहेक अरू केही गर्न सक्दैन । अनुग्रह पाइने हो वा होइन, यो ईश्वरीय कृपामा निर्भर रहने कुरो हो । यसै विश्वासअनुरूप गान्धी कार्यरत रहे । गान्धीले आफूलाई पूर्णरूपेण ईश्वरमा समर्पित गरे । ईश्वरमा पूर्णरूपेण समर्पित रहेको व्यक्तित्व कुनै कर्म गर्दैन । ऊ मात्र अनुग्रहको प्रतीक्षा गर्छ । गान्धी पनि कर्ताको भावबाट मुक्त हुने कोसिस गर्न थाले । यसैले उनले आप\mना क्रियाकलापलाई पछिपछि गएर प्रयोग गर्न छाडिदिए । गान्धी पहिले आफ्ना क्रियाकलापलाई प्रयोगको संज्ञा दिन्थे । तर, अब गान्धीले यो शब्दसमेतलाई तिलाञ्जलि दिए । अब उनी योजना शब्दको प्रयोग गर्छन् । यस शब्दले उनको सम्पूर्ण भाव तथा प्रतिज्ञा जनाउँछ ।
यस्तै छ, गान्धीको यो व्यक्तित्वको विवादस्पद कथा । यो पक्ष निश्चय गवेषणीय छ । मानिसको चेतन तथा अवचेतन मनको संगत र विकल्पको अध्ययनको सन्दर्भमा गान्धी एउटा अद्भुत उदाहरण हुन् । अन्तमा एउटा तथ्य बताउ“m । गान्धीको दृढताका अघि उनका सबै विरोधी बिस्तारै सेलाउँदै गए । उनका अधिकांश विद्रोही शिष्य तथा अनुयायीपछि गान्धीतिरै फर्के । उनका अरू आलोचक पनि पछि गान्धीसित आफूले अन्याय नै गरेको भन्ने अनुभूतिमा पुगे । यो सब गान्धीको सत्यवादिताको विजय थियो त ? 

No comments:

Post a Comment