-सिएम खम्बू
(व्याकरण)
स्वतन्त्र शब्द दोहो-याएर नयाँ शब्द निर्माण गर्ने प्रक्रियालाई द्वित्य प्रकिया वा द्विरुक्त शब्द भनेर बुझ्छौं। यसलाई अङ्ग्रेजीमा Reduplication भनिन्छ। यसबाट द्विरुक्त शब्दहरूको व्युत्पादन भएर कुनै वर्ण, अक्षर, अक्षरसमूह वा पूरै शब्दको पुनरावृत्ति हुने गर्छ। नाम, सर्वनाम, विशेषण, क्रिया र अव्यय सबै वर्गका शब्दहरू दोहोरिएर द्विरुक्त शब्द बन्ने गर्दछन्। यो प्रक्रिया हरेक जीवित भाषाहरूमा लागु हुने गर्दछ्। जस्तै;
द्वित्व प्रक्रिया्/ द्विरुक्त शब्द वर्ग
-घर+घर - घरैघर (नाम)
-आफ्नो+आफ्नो - आआफ्नो (सर्वनाम)
-ठूलो+ठूलो - ठूल्ठूलो (विशेषण)
-जान्छु+जान्छु - जान्छुइजान्छु (क्रिया)
-भित्र+भित्र - भित्रभित्रै (अव्यय)
द्विरुक्तका प्रकार:
द्विरुक्ततामा शब्द पुरै दोहोरिने वा शब्दको कुनै अंश मात्र दोहोरिने र शब्दमा
ध्वनि परिवर्तन भई दोहोरिने तीन अवस्थामा पाइन्छन्। ती हुन्-
(१) पूर्ण द्वित्व
(२) आंशिक द्वित्व
(३) ध्वनिपरिवर्तित द्वित्व।
[कुलुङको सामान्य बोल-चाल भाषामा यस्ता द्विरुक्त (reduplicative) शब्दहरू अन्य भाषाहरूको तुलनामा धेरै पाइने विशेषता राख्दछ। यसको मूल कारण साँस्कृतिक (मुन्दुमी) भाषामा प्रायशः रूपिम स्तर देखि उप वाक्य स्तर सम्म नै शब्द निर्माणमा द्वित्त्य प्रक्रियाले भूमिका खेलेको बग्रेल्तै पाउने गर्दछौं। जस्तैः
कुलुङ साँस्कितिक भाषामाः सां० चउतुखेर्-लुम्तुखेर (मुटु-कलेजो खाने बिमार)[च० चउ-लुम तुक्पा], सां० सानिनाम्रे-नाम्रे नना (असल विचारले) [च० सानिवा नतो], सां० साम्पाहो-सिरिहो (सिक्किम),[सुक्खिम] सां० सोमोलाबुर-मचिलाबुर (घातक बिमार) [च० सोमोरी]), सां० जिउमेफाइये-वारामे फाइये (स्वस्थ्यताको लागि गुहार) [च० सेसेर रि ङोमा], सां० मिलिलिङमा-लिङमाबउ (चिन्डो) [च० वाबम्] इत्यादि।]
[हे०- सां० = सांस्कृितिक भाषा (मुन्दुमी), च० = चल्ती भाषा]
१) पूर्ण द्वित्वः (Full reduplication)
शब्द पुरै दोहोरिएर द्विरुक्त शब्दको व्युत्पादन हुने प्रक्रिया पूर्ण द्वित्व
हो। यसमा शब्द जस्ताको तस्तै दोहोरिन्छ। जस्तै;
नेपालीमाः
(द्वित्व प्रक्रिया द्विरुक्त शब्द)
-रातो+रातो = रातोरातो
-टह+टह = टहटह
-गाउँ+गाउँ = गाउँगाउँ
-ढोका+ढोका = ढोकाढोका
कुलुङमाः
[रूप तत्वको अध्ययन अनुसार कुलुङ भाषामा पाइने द्वरिक्त शब्दहरू यस प्रकार छन्-]
-वाताम्-वाताम (बिस्तारै)
-सेगा-सेगा (होहल्ला पूर्ण)
-कोर्धोक्-कोर्धोक (अति चाम्रो)
-किङ्-किङ (पुरा भरिएको)
-चोङ्-चोङ (चुलि भारी हुनु)
-खाङ्-खाङ (फैलिएको भारी हुनु)
-गम्-गम (फ्यातुलो)
-ङम्-ङम (मिठो)
-लबा-लबा (कमलो)
-होङ्लेङ-होङलेङ (दुलै-दुलो हुनु)
-खोक्लोक्-खोक्लोक (खकुलो)
-राभा-राभा (बाधायुक्त)
-चिहल्-चिहल (लथालिङगै)
-साम्-साम (मधुरो)
-थाबोक्-थाबोक (सुन्निनु)
-कावाक्-कावाक (टोक्दा नमिठो हुनु)
-खियोक्-खियोक (जमिनमा झरीको भिजाइ)
-रचाङ्-रचाङ (छेन्द्रै-छेन्द्रा)
-गाउक्-गाउक (आगो रापिलो हुनु)
-गवाङ्-गवाङ (होहल्ला)
-सुफोक्-सुफोक (नरम)
-राधाप्-राधाप (खस्रो-मस्रो)
-फायो-फायो (कता-कता)
-रिङ्गि-रिङ्गि (हल्का-फुल्का)
-ताकाप्-ताकाप [(कम्ति-कम्ति) कडा वस्तु]
-ताखाइ-ताखाइ [(कम्ति-क्ति) तरल वस्तु]
-हुकाप्-हुकाप (गर्मि लाग्नु)
-वाये-वाये (चुपचाप)
-जुर्से-जुर्से (ज्यादा अमिलो हुनु)
-गेबो-गेबो (झन्डै-झन्डै)
-कोयोक्-कोयोक (स्वाद नहुनु)
-रिखाप्-रिखाप (गाँठै गाँठो लाग्नु)
-चिम्भिर्-चिम्भिर (केही छिर्न नसक्ने)
-चभाक्-चभाक (ठाडे बोली गर्नु)
-फोक्सेर्-फोक्सेर (राम्रो तयार नभएको)
-छोक्छु-छोक्छु (अष्टपष्ट)
-पिल्काप्-पिल्काप (टुलु-टुलु)
-सला-सला (खुरु-खुरू)
-छेङ्लो-छेङ्लो (उज्यालो)
२) आंशिक द्वित्व: (Partial reduplication)
शब्दको पूरै अंश नदोहोरिई कुनै अंश मात्र दोहोरिने प्रक्रियालाई आंशिक द्वित्व प्रक्रिया भनिन्छ। यसमा एउटा शब्द पूर्ण रहन्छ र अर्को अंश मात्र रहन्छ। जस्तै;
नेपालीमाः
द्वित्व प्रक्रिया र द्विरुक्त शब्दमा थपिएको रूपांश
झगडा+झगडा = झैंझगडा। ‘झैं’ (अगाडि)
कसको+कसको = ककसको। ‘क’ (अगाडि)
आफ्नो+आफ्नो = आफ्नो। ‘आ’ (अगाडि)
सुलु+सुलु = सुलुलु। ‘लु’ (पछाडि)
सर+सर = सरर। ‘र’ (पछाडि)
कुलुङमाः
होङ्-होङ्ति (दुलै-दुलो हुनु) ‘ति’ (अन्तिम)
खखजाजा (चोटै-चोट) ‘जा’ (अन्तिम)
गाङ्गालाला (उतानै पर्नु) ‘ला (अन्तिम)
सुदुदुउ (सुल्किनु) ‘उ’ (अन्तिम)
गिगिरयो (ट्वाल्ल पर्नु) ‘यो’ (अन्तिम)
नाम्नामो (बिचरा) ’मो’ (अन्तिम)
मापाल्-तोपाल् (सिकारू) ’तो’ (मध्य)
जागुलो-खाइगुलो (भात-भान्सा) ‘खाइ’ (मध्य)
३) ध्वनिपरिवर्तित द्वित्व: (Sound change reduplication)
[शब्द दोहोरिंदा एउटा शब्द उस्तै र अर्को ध्वनिपरिवर्तन सहित हुने द्वित्व प्रक्रियालाई ध्वनिपरिवर्तित द्वित्व प्रक्रिया भनिन्छ।] जस्तै;
नेपालीमा:
द्वित्व प्रक्रिया द्विरुक्त शब्द
-किताब+किताब = किताबसिताब
-बानी+बानी = आनीबानी
-भात+भात = भातसात
-चोर+चोर = चोरचार
-पैंचो+पैंचो = ऐंचोपैंचो
-पालो+पालो = आलोपालो
-भेटहरू गर्नु = भेटघाट
-लुगाहरू = लुगाफाटा
-हरियो पातहरू = हरियोपरियो
-तिउनहरू = तिउनताउन
-आगोहरू = आगोमुगो
-काँचोहरू = काँचोकचिलो
-ओखतीहरू = ओखतीमुलो
कुलुङमाः
-होप्तो- होप्तो = होहोप्तो (आफू-आफूङ्गी)
-पिल्काप्-पिल्काप = पिल्काप्तो (टुलुटुलु)
-छुबुइ-छुबुई = छुबुलुलु (खरानी सरह)
-पिपारोङ-पिपारोङ = पिपारोङरोङ (सुनसान)
-अवाङ-अवाङ = अवाङ्वाङ (सफा/सुग्घर)
-तोङगोङ-तोङगोङ = तोङ्गोङगोङ (लयादित शब्द)
-काउलि-काउलि = काउलिलि (पनेलो)
-छेबालि-छेबालि = छेबालिलि (फीका/निन्याउरो)
-लबा-लबा = लबावाप (कमलो)
-सेगा-सेगा = सेगावाप (होहल्लापूर्ण)
[‘मोक्स्’ या ‘मोक्सि’ प्रत्यय जोडिए पछि मध्य अंस विलुप्तिन गइ बनिने कुलुङ क्रिया विशेषण शब्दहरू]
-गुटुट = गुतुमोक्सी
-होरोङरोङ = होरोमोक्सि
-रिकि-रिकि = रिकिमोक्सि
-तुयुयुउ = तुयुमोक्सि
-किलिलिउ = किलिमोक्सि
-तययउ = तयमोक्सि
-थरथरी = थरमोक्सि
-खिरिरिउ = खिरिमोक्स
-हुरुरु = हुरुमोक्सि
-लतत = लतमोक्सि
-सलल = सलमोक्सि
अनुकरण प्रक्रिया (Onomatopoeia):
आवाज, गति र दृश्यको नक्कल गरेर भाषिक शब्दको निर्माण गर्नु अनुकरण प्रक्रिया हो। अनुकरनात्मक शब्द यस प्रकारले निर्माण हुन्छन्। जस्तै-
क) सजीव प्राणीको आवाजमा अनुकरण-
English: chirp, buzz, meow, moo, hiss, cuckoo, giggle, mumble etc.
नेपालीः बाँबाँ, च्याँच्याँ-चुँचुँ, ढुकुरकुर आदि
कुलुङः मिपिर, मुनिमा, चोँचे, मेःमे,
ख) वस्तुको ध्वनि-
English: ding-dong, bang-bang, click, jingle, slap, clank, boom etc.
नेपालीः टङटङ, टिङटिङ, हुँइय, प्याट्ट, ह्वात्त, पटट आदि।
कुलुङः रवाङ-रवाङ, पताता, सितिति, गुदुदु, किरिरि, तिरिरि, सिरिरि
ग) अवस्थाको नक्कल गरेर-
English: drizzle, dribble, sprinkle, bloop, sprinkle etc.
नेपालीः थचक्क, गुमुक्क, खुरुखुरु, मुसुमुसु आदि।
कुलुङः तययउ, हययउ, सुलुलुउ, सुयुयुउ, हुरुरुउ, चुरुरुउ, गुतुतु, होलोलो, फेलेले इत्या
No comments:
Post a Comment