जीवनमा मान्छेले कति जनासँग विवाह गर्ला? सामान्यतः हुने र पाइने जवाफ एक जनासँग भन्ने नै हो । कसै कसैले बढीमा दुई, तीन, वा चार जनासम्म गर्ला । तर खाँदबारी-११, ढोलबाजेका रामचन्द्र कटुवाल (५२) २७ औं श्रीमती शारदा दाहालसँग ५ वर्षदेखि जीवन विताइ रहेका छन्।
विवाह संसारमा जन्मिएका प्राय सबै
महिला-पुरुषले गर्छन् । यो सामन्य वा स्वभाविक घटना हो । तर रामचन्द्र
कटुवालको वैवाहिक प्रसङ्ग भने बैग्लै र रोचक पक्कै छ । ‘भगवान’ रामचन्द्रले
जस्तो बल्लकी एउटै स्वास्नी सीता रावणलाई खोस्न लगाएर, फिर्ता लिएनन् उनले
। बरु गएकालाई कहिल्यै खोजेनन् र अनेकौं कन्या र अर्काकीसमेत भित्राउँदै
रहे । अहिलेसम्म २७ वटी ल्याएर दुर्लभ रेकर्ड कायम गरका छन् यिनले। कसैले
एउटी पाउन मुस्किल भएको बेला २७ वटी भित्त्र्याउन सफल कलियुगका ‘साक्षात
रामचन्द्र’सँग कसरी भित्रिए त? त्यति धेरै श्रीमतीहरु भनेर जान्न बहु विवाह
संवाद गरिको छ। खै धेरै गर्छु भनेर विहे गरिएको थिएन । तर यस्तै भो, गर्दै
जाँदा ख्याल ख्यालमै २७ जना पुगेछन् । कसरी त्यति धेरै पट्याइयो भनेर
मान्छेहरु प्रश्न गर्छन्, भन्न पनि लाज मर्दो छ ।’ सयजना पुर्याउने विचार
गर्नुभा’छ कि के हो ? सोध्दा मुस्कुराउँदे उनको जवाफ थियो । खाँदबारी
बजारका साहूदेखि सामान्यसम्मको भर अभरमा भारी ओसारी दिने पेशाले भरिया
रामचन्द्रले कति वर्षको उमेरमा, कसरी पहिलो विहे गरे ? ‘म भारी बोकेर म २५
वर्षको उमेरमा खोटाङ सिम्पानी पुगेको थिएँ । त्यहाँ खेताला र भरिया भएर
बर्षदिन बसेँ । बस्ने क्रममा म जस्तै काम गर्ने, त्यहीँकी अधिकारी केटीसँग
‘लभ’ पर्यो । उनलाई लिएर म खाँदबारी आएँ । कटुवालले कथा सुनाए।
रामचन्द्रको पहिलो विवाह धेरै टिकेन । ६
महिना सँगै बसे, जेठी श्रीमतीको नाम पनि विर्सिएका छन् उनले । खाँदबारी-११,
चापाबोटे ढुङ्गेधारमा जन्मिएको यिनी साक्षर हुन् तर आमाको धेरै श्रीमानहरु
भएका कारण बाल्यकालमा आर्थिक हैसियत राम्रो भएन र भरिया बनेका थिए । २६
वर्षको उमेरमा पहिलो विवाह गरेका रामचन्द्रले अहिले जेठी श्रीमतीको जस्तै
धेरैको नाम विर्सिएका छन् । छ महिनासँगै बस्ने जेठी श्रीमतीको साख नाम
विर्सिएको संवादका क्रममा बारम्बार दोहोर्याए- खै गाउँलेहरु डल्ली भन्थे ।
‘मसँग आएको ६ महिनापछि उनकै माइती गाउँका केटाहरुसँग तराई झरेकी थिइन्,
त्यतै बात लागेको सुनें, पछि खोटाङ नै फर्किन् अरे तर म लिन गाइन् । अहिले
मरे बाँचेको थाहा छैन ।’ यस्तो थियो जेठीसँगको विछोडको कथा।
एउटीले छाडेपछि अर्की त ल्याउनै पर्यो ।
अब उनको दोश्रो विहेको कथा सुरुभयो । माइली श्रीमती भएर आइन् माल्टाकी
चन्द्रवती गिरी । तर चन्द्रवतीसँग पनि रामचन्द्रको धेरै हिउँद वितेन ।
‘जम्मा ३ वर्षँसगै बसियो चन्द्रवतीसँग’ कटुवाल मुस्कुराए । किन छुटिए त
दोश्रीसँग पनि रामचन्द्र – ‘पछिपछि उनी जोसँग पनि लाग्न थालिन्, जता जो सँग
मन लाग्यो त्यतै जाने गर्न थालेपछि मैले नै छाडी दिएँ।’ चन्द्रवती आफ्नो १
छोरासमेत लिएर गएको रामचन्द्रले बताए । चन्द्रवतीलाई कहिलेकाहीँ बजारमा
देखे पनि छोरा कहाँ छ भन्ने जानकारी आफूलाई नभएको रामचन्द्रले सुनाए।
त्यसपछि एक्लो भएका रामचन्द्रलाई तुम्लिङटार बोहराटार गाउँकी माइतीमा
विग्रेर बसेकी मुनादेवी गिरी आइलाग्यो । माइतीहरुले मुनादेवी रामचन्द्रलाई
ल्याइ दिएका थिए । १३ वर्ष रामचन्द्रसँगै बसेकी मुना निमोनियाले अस्पतालमा
मरिन् । मुनासँगको १३ वर्षको वैवाहिक जीवनमा रामचन्द्रको कुनै सन्तान भने
भएनन् । अहिलेसम्मका श्रीमतीहरुमध्ये उनको अनुभवमा मुनादेवी असल थिइन्।
तेस्रो श्रीमतीको मृत्युले रामचन्द्र विवाह गर्ने क्रम रोकिएन । लगतै
विरामी अवस्थाकी सुवेदी थरकी (नाम विर्सिए) महिलालाई कसैले रामचन्द्रको
जिम्मा लगाइ दियो । उनले सक्दो उपचार गरे । महिना दिनमा निको भयो । निको
भएपछि छाडेर आफ्नै बाटो लागिन् । ‘उनी धूपुका मगरसँग विवाह गरेर बसेकी
छिन्’ आँखा चम्काउँदै रामचन्द्र बोले-’कहिले काहीँ भेटहुँदा सञ्चो सुविस्ता
के छ भनेर सोध्छिन् ।’ पूर्व एक श्रीमतीसँगको सम्बन्ध बारे जानकारी दिए।
पाँचौं श्रीमतीका रुपमा आफ्नै घरमा डेरा
गरी बस्ने इलामकी लिम्बुनीलाई अपनाए । जुन रामचन्द्रकै शब्दमा ‘अर्काकी
स्वास्नी’ थिइन् । कटुवालका अनुसार ख्याल ख्यालमा लसपस भयो र आइलाग्यो ।
लिम्बुनीसँगको विवाह पनि धेरै टिकेन । अब छैटौंमा खाँदबारीकै महादेवी
गिरीलाई कसैले ल्याई दिए । उनी पनि बाटो लागिन् । त्यसपछि फूलमाया राईलाई
भारी बोक्ने क्रममै ‘लभ’ परेर सातौं श्रीमतीका रुपमा विवाह गरेर ल्याए ।
फूलमाया रामचन्द्र आफैले विवाह गरेको दोस्री थिइन्। उनीसँगको गृहस्थी ६
महिनाबढी चलेन । त्यसो हुनुमा फूलमायाको माइतीको ‘भिलेन’ रोल जिम्मेवार
थियो। रामचन्द्र अहिले पनि दुखेसो गर्छन् ‘फूलमायालाई माइतीले जबर जस्ती
खोसेर लगे। उनी मसँगै बस्न चाहन्थिन्। तर माइती र दिदी ठूलो पदमा थिए,
भरियासँग फूलमायाले विहे गरेको मन पराएनन्।’ तर छुटेपछि भेट भएको छैन, उनको
उनीसँग। मन मिलेर विहे गरेको फूलमाया माइतीले खोसेपछि रामचन्द्र पनि केही
विरक्तिए। आठौं विवाहपछि श्रीमतीको नाम र संख्या पनि हिसाब राख्न पनि उनले
छाडेको बताउँछन् । भन्छन्- ‘पहिलेका ७ जनासँग १७ वर्ष विताएँ। फूलमायासँगको
विछोडपछि विहे गर्ने पेशा जस्तै बन्यो।, अरुले सोधेपछि सम्झँदै जाँदा
अहिलेकी २७ औं रहेछिन, आफैंलाई अचम्म लाग्छ।’ कसरी पुग्यो त्यतिविधि
श्रीमतीका संख्या ? अनुहार चम्काउँदै हाउभाउका साथ रामचन्द्र विरासत सुनाए
‘त्यसपछि मैले पनि आएका जतिलाई नदोर्याइ र एकै पटक घरमा दुई जना नहुने गरी
नयाँ नयाँ महिला श्रीमतीका रुपमा भित्र्याइ रहें। मैले लिने गरेको थाहा
पाएपछि धेरैले मलाई नै ल्याइ दिन थाले। ल्याउने र जाने क्रम पनि निरन्तर
भइरहृयो। कोही महिला कसैसँग विग्रियो र विगार्नेले जिम्मा लिन सक्ने अवस्था
भएन र नराम्री छ भने म कहाँ आइ पुग्न थाल्यो। करीब ५ बर्षभित्र मसँग
श्रीमतीका नाममा १८ महिला मेरो घर भित्रिएछन् । सम्झँदा आफैलाई शर्म पनि
लाग्छ अहिले त।
रामचन्द्रले करीब एक दर्जन जातका महिला
विवाह गरेका छन्। तिनीहरु सबै आफूले खोजेको नभइ ख्याल ख्यालमै जुरेको उनी
बताउँछन्। धेरै विवाह उनले आफूले खोजेर नभइ अरुले नै ल्याइदिने गरेकाले
भएका छन्। ‘अब त विहे गर्दिन भन्यो कतै न कतै कि आफैँ फेलापर्छ, कि त
ल्याइदिन्छन् ।’- उनले विहेको क्रम सुनाए। छोटै समय सहि, ४ वर्षमा १८
कटुवालका श्रीमती भए। तर संयोग पनि कस्तो ती कोही पनि बढीमा ३ महिना भन्दा
लामो समय बसेनन्। किनभने तिनीहरु ल्याएको होइन, ल्याइएर आएका थिए।
रामचन्द्रकै शब्दमा -’अर्को उपयुक्त फेला नपरुञ्जेल बसे, लाज लुकाए, कोही
राम्रो पाएपछि छाडेर हिँडेका थिए।’ भन्छन् – ‘आफ्नो कर्मै यस्तो होला भनेर
सँगै बसुन्जेल श्रीमती मानेर राखे र सकेको सहयोग पनि गरे। तर गएपछि वास्ता
गर्नै छाडिदिएँ। बीचमा छिटो छिटो फेरिएका श्रीमतीहरुमध्ये धेरैको क्रम र
नाम पनि उनलाई याद छैन। सम्झेका नाममध्ये भगवती गिरी एक हुन्। माल्टा
खिप्रीङकी भगवती एक महिनाको सुत्केरी हुँदा रामचन्द्र विहे गरेका थिए। उनी
नाम लिन चाहँदैनन् तर कसैले रामचन्द्रलाई भगवती ल्याइ दिएका थिए। सुत्केरी
अवस्थाकी उनलाई स्याहार उपचार गरे। तर दुई महिनापछि नानीसमेत छाडेर
काठमाण्डौंतिर अलप भइन्। रामचन्द्रकै जिम्मामा बच्ची आयो त्यसलाई आफ्नै
छोरी मानेर पाले। अहिले ७ कक्षामा पढ्दै छिन। छोरीकै कारण भगवतीको नाम याद
आएको हो। भगवती रामचन्द्रका ९ औं श्रीमती थिए। रामचन्द्रलाई कति श्रीमतीको
नाम मात्रै, कतिको थर मात्रै याद छ । सम्झेका अन्य नामहरुमा आठौं शारदा
मगर, १५/१६ औं तिर पर्ने चनमती गिरी, त्यसकै हराहारी कि चन्द्रा पुरी,
कलादेवी गिरी, २०/२२ औं की सरस्वती, नन्दी गुरुङ, अर्की तामाङ थरकी महिला,
कार्कीको छोरी, अहिलेकी भन्दा दोश्रो अन्तिम विमला पोख्रेल आदि छन्। आफूलाई
छाडेर धेरैले यतै वरिपरि आफ्नो घरजम गरि खाएकाले सबै बताउँदा नराम्रो हुने
भन्दै रामचन्द्र केहीको नाम लिन पन्छिए। केहीको नाम भने कतै नलेख्ने
शर्तमा गोपनियता खोले पनि, केहीको भने जति कोशिश गर्दा पनि विर्सिएँ भनेरै
तारे। ‘नाम नलेखी दिनुहोला अप्ठयारो पर्छ’ पटक पटक सचेत गराए। जति विहे
गरेपनि कोही नबसेपछि, उनले करिब १ वर्ष श्रीमती विहिन बसे।
तर मन मानेन, अर्को विहे गरें। २७ औ
श्रीमतीको रुपमा शारदा दाहाल छिन्। धुपु लेब्राङकी शारदाले १६ वर्षकी हुँदा
माइतमा अवैध गर्भधारण गरेकी थिइन्। माइतीले केही पैसा सहित २०६० सालको
असार गते याद भएन, मध्यरातमा माओवादीले कारबाही गर्ने डरले रामचन्द्रलाई
शारदाको लाज ढाकिदिन भन्दै जिम्मा लगाएका थिए। आउँदा ल्याएको सहित
शारदापट्टी उनका दुई सन्तान छन्। अब के गर्लान् त रामचन्द्रले, फेरी
श्रीमती संख्याको बढाउलान् – भन्छन्- ‘अहिलेकीले छाड्दिन भनेको छ, तर
छाडिन् भने त के गर्ने चुप लागेर बस्न सकिन्न हजुर ! सबै काम मैले गरेको
छु, पालन पोषण सबै मैले गर्ने हो। उनको त उही बच्चाको स्याहार सुसार त हो।’
प्रस्ताव आएका छैनन् त? ‘हुँदा हुँदै दुईवटा बनाउन म चाहन्न तर प्रस्ताव
आएका छन्। सवा दुई दर्जन श्रीमतीका श्रीमान रामचन्द्रको अनुभव धेरै राम्रो
भने छैन। धेरैलाई विरामी र सुत्केरी अवस्थामा उनले जिम्मा लिएका थिए। तर
तङग्रिएपछि आफ्नो खुसी छाडेर हिँडे। ‘दुःख पाउँदा मसँग ओत लाग्न आए, मौका
परेपछि आफ्नो बाटो लागे। बिरामी अवस्थामा जिम्मा लिएकाहरु महिना दिनमा निको
भएर छाडेर थुप्रै हिँडेका छन्।’ कटुवालले मुख अँध्यारो बनाउँदै मनको बह
सुनाउंछन्-’तर मेरो पनि छाडेर जानेलाई खोज्ने मेरो पनि चलन छैन। धेरै विहे
गदै जाँदा छरछिमेकीले रामचन्द्र पैसा कमाउनका लागि जस्तो पनि केटी जिम्मा
लिन्छ भनेकोमा दुःख लागेको छ। ‘खास धेरै पैसा कसैसँग लिएको छैन, उही मैले त
सहयोग गर्ने हो। भन्छन्- बरु रोगीहरुलाई उपचार गर्दा उल्टै मेरो खर्च भएको
छ।
२७ वटीमध्ये २५ जना त अर्कैसँग विहे गरेर
गए, जारी कतिको उठाइयो त ? ‘मैले अर्का कै श्रीमती लिम्बुनी ल्याएको थिएँ,
जारी उठाउन आएनन्। मैले पनि कसैको जारी उठाइन ।’ कसैसँग जारी नलिएको उनले
जानकारी दिए। यत्राविधि श्रीमतीहरु दुःख पाएँ भन्दै रामचन्द्रकोमा फर्केर
आए के गर्लान् त यिनी ? ‘श्रीमती नहुँदा आएको भए लिम्बुनी र फुलमायालाई त
लिन्थें तर अहिले त घरमा छँदाछँदै जो आए पनि लिन्न, मलाई आफ्नो सहज पर्दा
छाडेर जानेहरुलाई दुःख पाएर आउँदा किन लिने ? ‘ उनको प्रतिप्रश्न थियो। २७
वटीमा कति जातका परे त श्रीमतीहरु – ‘सन्नेसी, क्षेत्री र बाहुन नै धेर परे
तर तामाङ, गुरुङ, राई, लिम्बु पनि गरिएछ। धेरै चाहिँ सन्नेसी कै छोरी परे ।
No comments:
Post a Comment