Tuesday, January 15, 2013

कथा

बुबा जेलमा हुँदा आमाले कान्छी छोरीे रिजमको विहे गाउँकै केटासँग गराइ दिएकी थिइन् । आमाले विहे गरी दिएको जुवाइँसँग छोरी खुसी नै थिइ । दुबैका बीचमा प्रेम थियो । उनीहरुको एउटा छोरी रामप्यारी पनि जन्मिसकेकी थिइन् । तर बुबा बाजाहाङ जेल मुक्त भएर आएपछि गरिब भन्दै जबरजस्ती जुवाईबाट छोरीलाई छुटाएर लगे । तँ गरिबले कसरी मेरो छोरी विहे गर्ने आँट गरिस भनेर जुवाईको अपमान गरे, हातपात गरे र छोरीको अर्कै धनी केटासँग विहे गरी दिए ।

भारतको गोरुवथानमा काम गएर ल्याइदिएको जामासमेत छोरीलाई दिन पाएनन् रामप्यारीकी बबाले । रिजमसँग छुटिनु परेको पीडाले रामप्यारीका बाबु भारत गोरुबथान नै फर्किए । उतै बसोबास गरे, विहे गरे, घरबार बनाए र ५ छोराहरु जन्माए । दुःखजिलो गरेर राम्रै व्यवस्था गरे । उनी गाउँ फर्किएनन् । 

रामप्यारी आमासँगै रहिन् । आमाको अर्को लोग्नेको घरमै हुर्किन् । स्कुल जान पाउने कुरा भएन । गाईँ भैसी चराएर गोठमा नै व्यवहारिक शिक्षा लिइन् । रिजमको पछिल्लो लोग्नेबाट ६ छोरी जन्मिए । गाउँमै उनको जिन्दगी चलिरह्यो । बाबुले विहे गरी दिएको लोग्ने घमण्डी थियो । रिजम लोग्नेकै छायाँ भइन् ......................................................................................।

No comments:

Post a Comment