Sunday, December 16, 2018

वीपी दूरदर्शी ! केपी पटमुर्ख ?

प्रत्येक वर्ष बस्नु पर्ने महासमिति बैठक पाँच बर्षमा नेपाली कांग्रेसले बाेलाएकाे छ । अहिले राजधानीमा जारी महासमिति बैठकलार्इ लिएर सञ्चार माध्यम कांग्रेसमय भएका छन् । नेताहरू मात्रै नभएर कांग्रेस समर्थक बुद्दिजीविहरू सल्बलाएका छन् । उनीहरूले अाफ्नाे विचारहरू सञ्चारमाध्यममा सार्वजनिक गरिरहेका छन् । यही मेसाेमा अनलाइन खबरमा छापिएकाे सुदर्शन अाचार्यकाे लेख 'वीपी, केपी र पुष १ ! फेरि अर्काे वीपी चाहियाे ! वीपीले समय पाएनन्, केपीकाे भिजन भएन (https://www.onlinekhabar.com/2018/12/727206)' पढेपछि केही कुरा लेख्न मन लाग्याे । अाचार्यजीले वीपी र केपीकाे तुलना गर्दै वीपीकाे अति प्रसंसा र केपीकाे भर्त्सना गरेका रहेछन् । एक कांग्रेसीबाट केपीकाे भर्त्सना वा विराेध हुनु कुनै अनाैठाे हाेइन । केपी अालाेचना गर्न नपर्ने मानिस नै पनि हाेइनन् । केपीकाे अनेक पक्षमा अालाेचना, समालाेचना चल्दै जालान्, चल्नेछ र चल्नु पनि पर्छ । वर्तमान राजनीतिकाे स्टेरिङ सिटमा विराजमान केपीकाे काम गरार्इ जनताका निम्ति उति रूचिकर नसकि रहेकाे अहिलेकाे सफेद वास्तविकता नै हाे । यही सेराेफेराेमा अाचार्यले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी काेइराला र वर्तमान प्रधानमन्त्री केपी अाेलीकाे भिजनकाे तुलना गर्दै वीपीलार्इ हिराे र केपीलार्इ जिराे बनाएर अगाडि सारेका छन् । यही सन्दर्भमा अब वीपी र केपीकाे भिजनकाे केही कुरा गराैं। 
वीपी नेपाली समाजकाे चेतना स्तर साह्रै कमजाेर रहेकाे समयमा ४४ बर्ष ८ महिना १९ दिनकाे उमेरमा प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री हुनु अघि वीपीले राजकाजकाे अनुभव हासिल गरिसकेका थिए । माेहनसमसेरकाे मन्त्री मण्डलमा करिब ९ महिना गृहमन्त्रालय वीपीले सम्हालेका थिए । त्यस्तै नेपाली कांग्रेसकाे नेतृत्व पङ्तीमा १३ बर्ष रहिसकेका र सभापति नै करिब ५ बर्ष चलाइ सकेका थिए । त्याे बेलाकाे समयमा वीपी प्रधानमन्त्री (प्रम) भएकाे उमेर निक्कै परिपक्व अवस्था थियाे, मानिन्थ्याे । नेपालीकाे सरदर अायु त्याे बेला करिब ४० बर्ष थियाे । याे हिसाबले वीपी प्रम भएकाे उमेर र अनुभव यथेष्ठ थियाे । साथै उनी भारतबाट उच्चशिक्षा प्राप्त पनि थिए । उनले २००७ साल यता नेपाली राजनीतिकाे भित्री अन्तर्यसमेत राम्राेसँग बुझेकै थिए ।
२७ मे १९५९ मा दुर्इ तिहाइ बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका वीपी कतिकाे भिजन भएकाे मानिस थिए भन्ने थाेरै विश्लेषण गराैं । राणा शासनकाे अन्त्य भइ प्रजातन्त्रकाे स्थापना (भारतकाे कथपुतलीतन्त्र) भए पश्चात राजा त्रिभूवनले संविधानसभाकाे निर्वाचनद्वारा निर्वाचित व्यवस्थापिकाले बनाएकाे गणतान्त्रिक संविधान मार्फत अबकाे शासन व्यवस्था सञ्चालन हुने सार्वजनिक कबुल गरेका थिए । नेपाली कांग्रेसकाे माग पनि संविधान सभाकाे निर्वाचन नै थियाे । तर राजाले संविधान सभाकाे निर्वाचन गराउन अग्रसरता देखाएनन् । अनेक राजनीतिक दाउपेच र कांग्रेसकाे अदुरदर्शिताकाे कारण संक्रमण काल लम्बिएर २०१५ सालसम्म अाइ पुग्याे । राजाले २०१५ सालमा संविधानसभाकाे निर्वाचन नभइ अाम निर्वाचन गराउने घाेषणा गरे । वीपी र उनकाे दलले अाम निर्वाचन र संविधानसभाकाे निर्वाचनकाे भिन्नता भेउ पाउन सकेनन् । अन्तत निर्वाचित संसदद्वारा संविधान बनाउने जनअाकांक्षमा पूर्णविराम लाग्न गएकाे थियाे र राजाले बक्सेकाे संविधान बमाेजिम भएकाे चुनावबाट वीपी प्रम हुन पुगे । 
दुर्इ तिहाइ बहुमत सहित निर्वाचित प्रधानमन्त्री वीपीले अाफू प्रम भएपछि लाेकतन्त्रलार्इ संस्थागत गर्ने, संविधानमा भएकाे राजाकाे निरङ्कुस अधिकारलार्इ व्यवस्थापन गर्ने, पार्टिकाे अान्तरिक किचलाे मिलाउने कुरामा कुनै विचार पुर्याउन सकेनन् । जनतालार्इ प्रत्यक्ष लाभ दिने युगान्तकारी कार्यक्रम घाेषणा र कार्यन्वयन गर्न ध्यान पुर्याएनन् । बरू भारतसँगकाे संदिग्ध सम्बन्धमा विस्तार गरे । यसबाट मानिसमा निरासा पैदा हुनु स्वभाविक थियाे । अाफू पछाडिका बरिष्ठ कांग्रेस नेताहरू डा. तुलसी गिरी, परशुनारायण चाैधरी, विश्वबन्धु थापा लगायतले उनलार्इ प्रधानमन्त्रीबाट अपदस्त गर्न याेजना बनाइ रहेकाे समेत थाहा पाउन सकेनन् वीपीले । उनी भारतकाे भराेसामा सधैंकाे जिमिन्दार हुँ शैलीमा कुर्सीमा अाशिन रहे । परन्तु उनी अाफ्नै साथीहरूकाे याेजनामा प्रधानमन्त्री भएकाे १ बर्ष ६ महिना १८ दिनमा अपदस्त हुन पुगे । यदि वीपीमा दूरदृष्टि थियाे भने २०१७ पुष १ गतेकाे घटना किन अाँकलन गर्न सकेनन् ? अपदस्त भइसकेपछि पनि उनले प्रजातन्त्र स्थापनाकाे लागि सही भूमिका खेल्न र निर्णय लिन सकेनन्। जसका कारण धेरै कांग्रेस कार्यकर्ताले अनाहकमा ज्यान गुमाउन र दुःख पाउनु पर्याे । दलहरूबीच दरार कायम बढी रह्याे । इन्दिरा गान्धीले अपमान नगरेकाे भए वीपी नेपालसमेत फर्कने थिएनन् । अब वीपी कतिका भिजन भएका मानिस थिए ? अाफैँ विचार गर्ने हाे ।
अब कुरा गराैं केपी अाेलीकाे । केपी र वीपी फरक समय र परिस्थितिका नेता हुन् । यस मानेमा उनीहरूकाे तुलना गर्नु उती प्रासङ्गिक पनि नहाेला । तर तुलना गरेर लेखेपछि केही कुरा गर्न मन लाग्याे । यहाँ विचार गर्नु पर्ने कुरा के हाे भने जीवित मानिसकाे कमजाेरी देखिन्छ जरूर सबैकाे । त्यसैले उ सबैकाे पुज्य हुन बहुत कठीन कुरा हाे । यसाे भन्दैमा केपी साह्रै गजब मानिस भन्न खाेजिएकाे कदापि हाेइन । तर केपी नेपाली राजनीतिका एक जबरजस्त पात्र हुन् । उनकाे चर्चा विना समकालिन नेपालकाे राजनीति अपुराे, अधुराे नै हुन्छ ।
वीपी र केपीमा केही समानता पनि छन् । वीपीले राजकाजकाे शुरूवात गृहमन्त्रीबाट गरेका थिए । केपीकाे पनि गृहमन्त्रीबाटै शुरू भएकाे थियाे । वीपी ९ महिना गृहमन्त्री भए, केपी पनि ९ महिना नै गृहमन्त्री भए । वीपी दुर्इ तिहाइकाे प्रधानमन्त्री भएका थिए । केपी पनि दुर्इ तिहाइकाे समर्थनमा प्रधानमन्त्री छन् । तर धेरै असमानता पनि छन् । वीपी मरिसके, केपी जिउँदा छन् । मरेपछि मानिस सबैकाे भगवान बनाउने नेपाली पारा नै हाे । स्वभाविक रूपमा वीपी मरेपछि सबैका पूज्य र कांग्रेसका लागि त दीव्य पुञ्ज नै हुने भयाे । जिउँदा केपीकाे खेदाे खनिनु, अालाेचना गरिन सामान्य कुरा हाे । उनकै पार्टिका नेताले गरेका छन्, कांग्रेसबाट नहुने, जनताले अालाेचना नगर्ने त प्रश्नै भएन ।
वीपी गृहमन्त्री हुँदा अाफैँले गाेली हानेर केही मानिस मारेका थिए, केपी गृहमन्त्री हुँदा सरकारी गाेलीबाट १ जना मानिसले जीवन गुमाउन परेन । पहिलाे पटक ९ महिना प्रधानमन्त्री भएकाे समय केपीले सबै नेपालीकाे वाह ! वाही !! पाएका थिए । प्रधानमन्त्रीकाे कुर्सीबाट बाहिरिँदा वाह ! वाही !! पाउने अाजसम्मका एक मात्रै प्रम केपी हुन् । वीपी गृहमन्त्री र प्रधानमन्त्री हुँदा नै अत्यन्त अालाेचित थिए । दाेश्राे पटक केपी प्रधानमन्त्री छन् । उनकाे याे इनिङ १० महिनामा चल्दैछ तर याे पटक केपीकाे लाेकप्रियताकाे ग्राफ अाश्चर्यजनक रूपले गिर्दाे छ । तर समय घर्काइ सकेका छैनन् । धेरै महत्वपूर्ण कुराहरू अगाडि सारेका छन् । तर ठाेस नीति, याेजना र कार्यन्वयनमा साह्रै कमजाेर देखिन थालेका छन् । माैकै भने गुमाइ सकेका छैनन् । केपीकाे भिजन कार्यन्वयन गर्ने माैका अझै छ । यस्ताे अवस्थामा अहिले नै केपीकाे समग्र मूल्याङ्कन गरिहाल्नु निक्कै हताराे हुनसक्छ । तथापि पहिलाे इनिङ्मा जस्ताे उत्साह जगाउन नसकेकाे सत्य हाे।
सामान्यतः मानिस, समाज, संगठन र राज्य वर्तमान र भविश्यका लागि बाँच्छ । विगत वा दिवङ्गतबाट प्रेरणा लिने मात्रै हाे । साेही कुरा ख्याल गरेर काम गर्छ, गर्नुपर्छ, नकि विगतकाे नाेस्टाल्जिक भएर अात्मरतिमा रमाउने । नेपाली कांग्रेसले अब विगत हाेइन, वर्तमान र भविश्य सम्झेर बाँच्नु पर्छ । नीति, याेजना र कार्यक्रम बनाउनु पर्छ । त्यसलार्इ बाेक्न सक्ने नेतृत्व चयन गर्नुपर्छ । २० अाैं शताब्द्धीकाे वीपीकाे सम्झना र कल्पना बाँच्ने हाे भने कहीँ पुग्दैन । अर्काे वीपी हाेइन, कांग्रेसलार्इ अाज र भाेलिका लागि राम्राे भविश्य जन्माउन सक्ने नेता चाहिएकाे छ । वीपीकाे तिर्सनामा बाँच्ने शाेकगीतमा मग्न नेता हाेइन । अाेलीकाे दलकाे बाटाे पनि यसभन्दा फरक छैन ।

No comments:

Post a Comment