–आरडी कुलुङ
आर्थिक बर्ष २०७४/०७५ काे बजेटबाट जिल्ला स्थित विषयगत कार्यालयहरू(चलन चल्तीका विकासे अड्डा)मार्फत यसअघि
विनियाेजन र कार्यन्वयन हुँदै आएका सम्पूर्ण कार्यक्रमहरू स्थानीय तह (गाउँ
पालिका र नगरपालिका)मा स्थानान्तरण भएका छन् । जिल्ला स्थित कृषि विकास, पशुसेवा, वन, भूसंरक्षण, खानेपानी, सिँचाइ, शिक्षा, घरेलु, महिला तथा
बालबालिका, स्वास्थ्य, आयुर्वेद, जिल्ला विकास आदि सबै कार्यालयले सञ्चालन गर्ने कार्यक्रम
र बजेट स्थानीय तहमा स्थानान्तरण भएका हुन् । अर्थ मन्त्रालयले बजेट अख्तियारी
पठाउँदा विषयगत कार्यालयहरूले सञ्चालन गर्दै आएका कार्यक्रमकाे बजेटलार्इ निःसर्त अनुदानका रूपमा पठायो । जस्का कारण अधिकांश नवनिर्वाचित
जनप्रतिनिधि र स्थानीय तहका कार्यकारी अधिकृतहरूले विषयगत कार्यालयका
कार्यक्रमहरूमा बजेट विनियाेजन गर्न आवश्यक ठानेनन् । 
जिल्ला पशुसेवा कार्यालयबाट कृषकले पाउँदै आएका सेवा सुविधा नपाउने स्थिति छ । यसअघि जिल्ला
पशुसेवा कार्यालयले उन्नत पशुकाे विउ, खाेर सुधार, घाँस, विभिन्न तालिमहरू, उपचार आदिमा सहयाेग गर्दै आएकाे थियाे । महिला तथा बालबालिकाका निम्ति बजेट
ब्यवस्था नहुँदा त्यहाँबाट महिला, बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकले पाउने सेवा सुविधामा
गाेलमाल हुने स्थिति छ । अन्य कार्यालयबाट
नागरिकले पाउने सेवा सुविधाकाे अवस्था उस्तै हाे । यस्ताे हुनु भनेकाे स्थानीय तह शक्तिशाली भएपछि गाउँमै थप सुविधा पाउँला
भन्नेहरूमाथि एक प्रकार कुठाराघात नै हाे ।
स्थानीय तह मार्फत जनताले अझ प्रभावकारी सेवा सुविधा गाउँमै पाउन् भन्ने
वर्तमान नेपालकाे संविधानकाे परिकल्पना हाे । निर्वाचित नेतृत्व र त्यहाँ खटिएका
प्रशासनिक नेतृत्वकाे दायित्व संविधान र
कानुनकाे मर्म अनुरूप नागरिकलार्इ आवश्यक सेवा प्रभावकारी रूपमा प्रदान गर्नु हाे । यसैमा राष्ट्रिय लक्ष्य सन्निहित हुन्छ ।
तर पुरातन ढङ्गबाट पहिले गाउँ विकास समितिकै स्टायलमा नाफामुलक कार्यक्रममा मात्रै
बजेट पठाउँदा जनतामा गलत सन्देश जाने नै छ । नेतृत्वकाे परिपक्वतामा प्रश्न उठ्ने देखिन्छ । जनता
स्वभाविक रूपमा प्रश्न गर्ने अधिकार राख्छन्, किन हिँजाे राज्यले दिइआएकाे सुविधा आज कटाैती गरियाे ? भनेर । सबै विषयगत कार्यालय वा शाखालार्इ बजेट
शून्य बनाउने भए तिनीहरूबाट प्राप्त सेवा सुविधा कहाँबाट नागरिकले पाउने ?
अर्काेतिर कर्मचारी समायाेजन नभइ सकेकाे अवस्थामा विषयगत कार्यालयका कर्मचारीहरू 'फाल्तु' जस्ता बनाइएका
छन् । केही कर्मचारीलार्इ स्थानीय तह काजमा पठाइएकाे छ । उनीहरूकाे बस्ने खाने व्यक्तिगत समस्याकाे त कुरै छाडाै, काम गर्ने कार्यकक्ष र कार्यक्रमकै अभाव छ ।
माथि नै उल्लेख भइसकेकाे छ, बजेट सडक, विद्युत र वडा
अनुदानमा खन्याइसकिएकाे छ । झिँगा
मारेर बस्ने अवस्था छ त्यहाँ विषयगत कार्यालयका कर्मचारीलार्इ । जिल्लामा बस्ने
कर्मचारी तलब खाने र बस्ने जस्ताे मात्रै भएकाे छ । देशका लागि पर्याप्त काम गर्नु पर्ने राष्ट्र सेवक
कर्मचारीहरूलार्इ काम विहिन बनाएर राख्नु देशहितमा छैन ।
अर्थ मन्त्रालयबाट बजेट अख्तियारी पठाउँदा विषयगत कार्यालयहरूका कार्यक्रममा आवश्यक व्यवस्था गर्न नभनिएकाेले रकम बिनियाेजन नभएकाे जनप्रतिनिधि र कार्यकारी साथीहरूकाे भनाइ सुनिन्छ । तर उनीहरू के भन्दैनन् भने
बजेट भाषण हामीलार्इ जानकारी छैन । यदि राज्यकाे जिम्मेवार पदमा रहेकाे सम्झने हाे भने कानुन कार्यन्वयन गर्ने दायित्व
वहाँहरूकाे हाे । बजेट कानुन हाे । बजेट
बत्तब्यमा सम्बन्धित विषयगत कार्यालयबाट सञ्चालन भइ आएका कार्यक्रमहरूकाे सबै बजेट स्थानीय तहमा पठाइएकाे भनेर प्रष्ट उल्लेख भएपछि गैह्र जिम्मेवार
कुरा गर्न पाइने छैन । कि हामीलार्इ सडक र विद्युत भए अरू चाहिन्न भन्न पर्याे । कि त कानुनकाे सही कार्यन्वयन नगरेकाेमा दण्डकाे भागीदार बनाइनु पर्याे ।
वर्तमान संविधान र कानुन अनुसार स्थानीय तहहरू हिजाेका स्थानीय निकायहरू हाेइनन् । संविधान र कानुनमा स्थानीय तहकाे अधिकार प्रष्ट उल्लेख छ । स्थानीय तह
संवैधानिक रूपमा नै सरकार हाे । हिजाे राज्यले उपलब्ध गराएका सबै सेवा सुविधा
उपलब्ध गराउने उस्काे दायित्व हाे । आफ्नाे क्षेत्रकाे सर्वाङ्गीण विकास गर्ने जिम्मेवारी स्थानीय तहकै हुन्छ ।
साेही बमाेजिमका नीति, याेजना, कार्यक्रम तर्जुमा र श्राेत विनियाेजन नगरे सरकारककाे चरित्र ग्रहण गर्न सक्दैन । प्रथम पटककाे आर्थिक बर्ष सम्हाल्दै गरेकाे अवसथाका कारण यस पटक जसरी बजेट र कार्यक्रम तय गरिएकाे भएपनि आगामी सालबाट त्याे छुट मिल्ने छैन । मिडिया, राजनीति दल, सराेकारवाला सबैले स्थानीय तहलार्इ सरकार जस्ताे कार्य गर्न उत्प्रेरित गर्न अवश्यक छ ।
No comments:
Post a Comment