Tuesday, February 26, 2013

हिरो अब जिरो :

Oscar
(कान्तिपुर दैनिकको शनिबारीय परिशिष्टाङ्क कोसेलीबाट राजु घिसिङको लेख साभार । तस्विर ः गुगल सर्च)
१४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे । प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन । ठीक अघिल्लो दिन ओस्कर पिस्टोरियसको गर्लप|mेन्ड रिभा स्टिन्काम्पले टि्वट गरेकी थिइन्, 'लभ -पे्रमी वा प्रेमिका) लाई भोलि कभर गर्न तपाईंसँग के छ ?'

दक्षिण अपि|mकी सेलिबि्रटी मोडल रिभाले पार्टनर ओस्करबाट गतिलै गिफ्ट पाउने आस गरेकी थिइन् होला । कम्तीमा आफूलाई ढाक्ने कोट । त्यो पनि नभए मायाले भरिएको ओस्करको अँगालोमा लुटपुटिने सोचेकी थिइन् होला । पि्रटोरियास्थित ठूलो पर्खाल र सुरक्षाकर्मीले घेरिएको ओस्करको घरमा उज्यालो नहँुदै रिभाले 'ब्लेड रनर'बाट भ्यालेन्टाइन 'गिफ्ट' पाइन् । तर त्यो गिफ्ट कुनै सुन्दर चीज थिएन । आफ्नो लभलाई दिइने उपहार थिएन ।

Reeva Steenkamp
त्यसैले ओस्करको गिफ्टको रूपमा तीन गोली पाएपछि रिभाको यो जुनी सकिएको छ । उनले आफूलाई ढाक्ने कोट वा अँगालो होइन, उनको मृत शरीरमा पिस्टोरियसले गम्छा ओढाइदिएका थिए । उनको हत्याले दक्षिण अपि|mका मात्र नभई संसारै आश्चर्यमा पारेको छ । रिभालाई जानाजान नमारेको बताउँदै आएका ओस्कर अहिले निकै विक्षिप्त बनेका छन् । आखिर उनको निम्ति पनि के नै पो बाँकी छ र ?

बिहान ३ बजे घरको बाथरुममा चोर वा लुटेरा पसेको ठानेर ओस्करले गोली हानेको उनका वकिलले दाबी गर्दै आएका छन् । बन्द बाथरुममा ढोकाबाटै नाइन एमएमको पेस्तोलले जानाजान वा अञ्जानवश, जे भए पनि गोली हान्ने त उनै ओस्कर हुन् । उनी अहिले कठघरामा रहँदै नाइन एमएमको गोलीकै पीडा बेहोरिरहेका छन् । त्यसको पीडा कति हुन्छ भन्ने अदालतमै उनको भक्कानिएको स्वर र बगेको आँसुले नै प्रस्ट्याइरहेको छ ।

उनको जन्मँदै दुवै खुट्टाको तल्लो भागको हाड -फिबुला) थिएन । ११ महिनाको हुँदा उनले दुवै घुँडाभन्दा केही मुनिदेखिको भाग गुमाएका थिए । तैपनि उनी आँटिला थिए । ट्रयाकमा दस वर्षयता गरेको मेहनतले ओस्कर शारीरिक रूपमा पूर्ण सक्षम नभएकाहरूले खेल्ने पारा ओलम्पिकमा लगातार सफल भए । शारीरिक रूपमा पूर्ण क्षमतावान्सँगै पनि दौडिएर सफलता चुमे । कृत्रिम खुट्टाको भरमा लन्डन ओलम्पिकसम्म पुगेर करोडौंको आदर्श बने । दक्षिण अपि|mकी ब्रान्ड नै भए ।

जहाँ गए पनि ओस्करले सेलिबि्रटी स्ट्याटस पाउन थाले । वाषिर्क दसौं लाख डलर कमाउन थाले । बिजनेसम्यानका यी छोराले कमाएको धन जोगाउलान् तर उनको इज्जत भने नाइन एमएमको गोली क्लिक भएसँगै उडिसकेको छ । उनी अब हिरोकै रूपमा रहने छैनन्, जिरो अर्थात् भिलेनमा परिणत भइसकेका छन् । यस्तोमा उनको चर्चा प्रख्यात होइन, कुख्यात र डरलाग्दो व्यक्तिको रूपमा हुन थालेको छ ।

नयाँ दिल्लीमा बसमै युवतीको सामूहिक बलात्कार भएपछि भारतीय अधिकारवादीको आन्दोलनले समाज परिवर्तनको रूप नै लियो । त्रिभुवन विमानस्थलमै लुटिएकी नेपाली चेलीको पक्षमा पनि काठमाडौंमा अधिकारवादी ओर्लिए । दक्षिण अपि|mकामा १९ वषर्ीया युवतीको सामूहिक बलात्कारको दुई साता नबित्दै पिस्टोरियसले गर्लप|mेन्डको हत्या गरेका हुन् । त्यसैले अधिकारवादीहरू पिस्टोरियसलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने आवाज चर्काइरहेका छन् ।

योजनाअनुसार नै पिस्टोरियसले रिभाको हत्या गरेको दक्षिण अपि|mकी प्रहरीको दाबी छ । त्यो स्विकारेका छैनन्, पिस्टोरियस । त्यसैले रिभाको हत्याको स्पष्ट कारण आएको छैन । त्यसैले पनि अखबार, रेडियो, अनलाइन र टेलिभिजनमा एक साता बिते पनि त्यो घटना छाइरहेको छ ।

शारीरिक रूपमा पूर्ण क्षमतावान् नभएकाले २६ वषर्ीय पिस्टोरियसप्रति सहानुभूति जनाउनेहरू चुप लागेर बसेका छन् । तर २९ वषर्ीया रिभा कहिल्यै खराब व्यवहारले चर्चामा आएकी थिइनन् । सरल र मिजासिलो स्वभावकी उनी दक्षिण अपि|mकामा हुने सेलिबि्रटीका कार्यक्रममा कहिल्यै छुट्दैन्थिन् । नोभेम्बर, २०१२ मा अफेयर चलेयतासँगै बस्दै आएका उनीहरूको सम्बन्धमा कहिल्यै खटपट भएको थिएन । दुवै एकअर्कालाई औधि माया गर्थे । त्यसैले पनि रिभाको हत्या आश्चर्य बनेको हो ।

पिस्टोरियस निकै आत्मविश्वासी मानिन्छन् । त्यसैले त उनी सन्काहा पनि छन् । उनले रेस्टुराँमा रिभल्वर चलाएको एक महिना पनि भएको छैन । साथीहरूले ढाकछोप गरेकाले उनी त्यस बेला कारबाहीबाट बचेका थिए । उनले चार वर्षअघि एक कन्सर्टमा एकजना समलिंगी महिलालाई थप्पड हान्दै गाली गर्न पनि भ्याएका थिए । यी कर्तुत ट्रयाकमा उनको सफलतासँगै छोपिएको थियो । र, रिभाको हत्यापछि क्रमैसँग बाहिर आउन थालेका छन् ।

रिभालाई गोली प्रहार गरिएको नाइन एमएमको पेस्तोलको लाइसेन्स पिस्टोरियससँग छ । हत्यापछि उनको बेडमा अर्को पेस्तोल पनि भेटियो, शून्य दशमलव ३८ क्यालिबरको । जसको लाइसेन्स उनीसँग छैन । उनको घरमा २ बाकस टेस्टोटेरोन र स्टेरोइड -शक्तिबर्द्धक औषधि) सँगै सिरिन्ज पनि प्रहरीले फेला पारे । ती औषधि खेलकुदको मापदण्डभित्रै पर्ने दाबी पिस्टोरियसका वकिलले गरेका छन् ।

जोहानेसबर्गका मध्यम वर्गका हेन्क र सेइलाको तीनमध्ये दोस्रो सन्तान हुन्, पिस्टोरियस । उनी ६ वर्षको हुँदै बा-आमाको सम्बन्धविच्छेद भएको थियो । उनी १५ वर्षको हँंुदा आमाको मृत्यु भएपछि निकै विक्षिप्त भएका थिए । त्यसैले त आमाको मृत्यु र जन्मको मितिको ट्याटु पाखुरामा खोपेका छन् ।

खुट्टाले पूर्ण साथ नदिए पनि उनले बाल्यकालमा रेस्लिङ, बक्सिङ र रग्बी खेलेका थिए । त्यसैले पनि उनी हक्की स्वभावको भएको हुनुपर्छ । घुँडामा समस्या भएपछि उनी ट्रयाकमा दौडन थाले । जति बेला उनी १६ वर्षका थिए । सन् २००४ मा एथेन्समा भएको पारा ओलम्पिक उनको पहिलो खुट्किलो थियो । त्यहाँ उनले एक स्वर्ण र एक रजत जितेका थिए । त्यसपछि शारीरिक रूपमा क्षमतावानसँग प्रतिस्पर्धा गर्न थाले ।

कार्बन फाइबरले बनाइएको 'जे' आकारको 'चिता फ्लेक्स-फुट' खुट्टामा जोडेर दौडने उनलाई दक्षिण अपि|mकी च्याम्पियन हुँदाहुँदै अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले खेल्न रोक लगाएको थियो । कृत्रिम खुट्टाको वैज्ञानिक अनुसन्धानले उनलाई फाइदा नभएको निष्कर्ष निकाल्यो । त्यसैले विश्व खेलकुदकै सर्वोच्च न्यायालय 'कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स' ले १६ अपि्रल, २००८ मा महासंघको निर्णय उल्टाएको थियो ।

दक्षिण कोरियामा २०११ मा भएको वल्र्ड एथलेटिक्स च्याम्पियनसिपमा उनीसहितको दक्षिण अपि|mकी टिमले कीर्तिमान बनाउँदै ४ गुणा ४ सय मिटर रिलेमा रजत पदक जित्यो । चार सय मिटर व्यक्तिगत स्पर्धामा सेमिफाइनलसम्म पुगे । अपि|mकन च्याम्पियनसिपमा दुवै स्पर्धामा रजत जिते । बेइजिङको पारा ओलम्पिकमा तीन स्वर्ण जितेका उनले लन्डनमा दुई स्वर्ण र एक रजत कब्जा गरे ।

शारीरिक रूपमा पूर्ण सक्षम नहुँदै ओलम्पिक खेल्ने उनी पहिलो र हालसम्मको एकमात्र हुन् । उनी लन्डन ओलम्पिकको ४ सय मिटर दौडमा सेमिफाइनलसम्म पुगेका थिए । बेलायती अखबार गार्डियनले उनलाई 'श्ाारीरिक रूपमा पूर्ण सक्षम नभए पनि संसारकै स्टार' भएको घोषणा गरेका थिए । सन् २००८ मा टाइम म्यागजिनको प्रभावशाली सय व्यक्तिमा पनि परेका थिए । उनले दक्षिण अपि|mकालगायत थुप्रै देशमा उच्चतम सम्मान पाइसकेका छन् ।

तर, रिभाको हत्यासँगै उनको इज्जत धुमिलिएको छ । वाषिर्क ४७ लाख डलरको प्रायोजनमध्ये सबैभन्दा ठूलो ब्रान्ड नाइकीले रिभा हत्याको घटनासँगै उनको साथ छाडिसकेको छ । अरू पनि सम्बन्ध तोड्ने तयारीमा छन् । ट्रयाकमा दौडने क्यालेन्डर पनि बिथोलिएको छ । र, जेल सजाय काट्ने क्रममा सम्भवतः उनी ट्रयाकमा र्फकन पाउने पनि छैनन् ।
-एजेन्सीको सहयोगमा)

No comments:

Post a Comment